४ पुस २०८२, शुक्रबार | December 20, 2025

काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा हट्यो, भदौ मसान्तसम्मका लागि आदेश जारी



काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै गत बैशाखदेखि लगाईंदै आएको निषेधा काठमाडौंमा हटेको छ । विभिन्न स्वरुप परिवर्तन गर्दै पाँच महिनादेखि काठमाडौं उपत्यकामा निषेधाज्ञा लगाईंदै आएको छ ।

काठमाडौं जिल्ला प्रशासनले बुधबार एक आदेश जारी गरी भदौ मसान्तसम्म के गर्न हुने र के गर्न नहुने भन्ने जानकारी गराएको छ । यसअघि निषेधाज्ञा शब्द प्रयोग हुँदै आएको छ । काठमाडौं उपत्यकाका तीनै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले स्वास्थ्य मापदण्डहरू पालना गरेर गर्न सक्ने कामबारे जानकारी गराएको छ ।

यसअवधिमा भौतिक उपस्थितमा पठनपाठन गराउनैपर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रहेर कोभिड १९ संकट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालयहरु सञ्चाचालन गर्न अनुमति मिल्ने भएको छ । यस्तै, पसल, रेष्टुरेन्ट, होटल लगायत व्यवसायहरू नियमित सञ्चालन गर्न पाइने भएको छ।

तोकिएको सीमाभित्र रहेर ढुवानी गर्न पाइने छ । स्थानीय ढुवानीको हकमा बिहान बिहान ९ बजेदखि ११ बजेसम्म र अपराह्न ४ बजेदेखदि ७ बजेसम्म गर्न पाइनेछ। यस्तै बेलुका ९ बजेदेखि बिहान ५ बजेसम्म सार्वजनिक तथा निजी निर्माण कार्यको लागि निर्माण सामग्री ढुवानी गर्न पाइनेछ ।

प्रशासनले अनावश्यक रूपमा मानिसहरू जम्मा हुने, भीडभाड गर्ने, सभा जुलुस गर्ने, जात्रा महोत्सव, भोजलाई भने प्रतिबन्ध लगाइएको छ ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  २ : ५८ बजे

हजुरआमाको हत्या अभियोगमा नाति पक्राउ

कास्की । पोखरामा आफ्नै हजुरआमाको हत्या अभियोगमा प्रहरीले नातिलाई पक्राउ

मधेश प्रदेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत, पक्षमा ९२, विपक्षमा शुन्य

जनकपुरधाम । मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

झुटो शेयर कारोबार गरेको आरोपमा अग्रवाल पक्राउ

काठमाडौँ । झुटो शेयर कारोबार गरेको आरोपमा आज प्रहरीको केन्द्रीय

६० सहसचिवको सरुवा को कहाँ ? (सूचीसहित)

काठमाडौँ । सरकारले ६० जना सहसचिवको सरुवा गरेको छ ।

गुल्मीमा १३ दिनपछि शवको पहिचान खुल्यो

गुल्मी । गुल्मीमा बेवारिसे भेटिएको शवको १३ दिनपछि पहिचान खुलेको