२४ माघ २०८२, शनिबार | February 7, 2026

कक्षा १२ को परीक्षा ३० भदौदेखि असोज ८ सम्म (तालिकासहित)



काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले रोकिएको कक्षा १२ को परीक्षा आगामी भदौ ३० गतेदेखि सञ्चालन गर्ने निर्णय गरेको छ । बोर्डले एक सूचना जारी गर्दै भदौ ३० गतेदेखि ८ असोजसम्म परीक्षा तालिका सार्वजनिक गरेको हो ।

‘संगीत, ललितकला र संस्कृत विषय समूह तथा प्राविधिक विषय समूह तर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीहरूको वार्षिक परीक्षा सम्बन्धित विद्यालयमै परीक्षा केन्द्र कायम गरी स्वास्थ्य सुरक्षा सम्बन्धी मापदण्ड र सामाजिक दुरीको पालना गरी सञ्चालन हुनेछ,’ बोर्डले भनेको छ । परीक्षा बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म सञ्चालन हुनेछ ।

सरकारले यसअघि परीक्षाको तयारीमा रहेका विद्यार्थीहरुलाई कोरोनाविरुद्धको खोप अभियानसमेत सञ्चालन गरेको थियो । यसअघि ३१ साउनदेखि हुने तय भएको परीक्षा कोभिड-१९ को कारण स्थगित भएको थियो ।

प्रकाशित मिति : १६ भदौ २०७८, बुधबार  ८ : ४९ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको