६ पुस २०८२, आइतबार | December 21, 2025

जहा खोला तर्न शुल्क तिर्नुपर्छ



खोटाङ । उदयपुरको राँकुली खोलामा पुल नहुँदा खोटाङका स्थानीय शुल्क तिरेर मोटरसाइकल तार्न बाध्य छन् ।

उदयपुरको रौतामाई गाउँपालिकामा पर्ने राँकुली खोलामा पुल नहुँदा खोटेहाङ गाउँपालिका, दिप्रुङ चुइचुम्मा गाउँपालिका, साकेला गाउँपालिका, दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका, हलेसी तुवाचुङ नगरपालिका लगायतका नागरिक शुल्क तिरेर मोटरसाइकल तार्न बाध्य बनेका हुन् ।

राँकुली खोलामा हिउँदयाममा पानी सुके पनि वर्षायाममा भने भेल उर्लिने गरेका कारण मोटरसाइकल तार्न शुल्क तिर्नुपर्ने बाध्यता रहेको खोटेहाङ गाउँपालिका-५ चिप्रिङका वडाध्यक्ष किरण राईले बताए ।

खोटाङका पाँचवटा पालिकाका स्थानीय वर्षायाममा उदयपुरहुँदै पुर्वी शहर आवत-जावत गर्दा राँकुली खोला तर्नुपर्ने हुन्छ । राँकुली खोलामा वर्षायाममा मोटरसाइकल तार्न न्यूनतम ५ सयदेखि ३ हजार ५ सयसम्म शुल्क तिर्नुपर्ने बाध्यता रहेको छ । सो खोलामा वर्षायाममा आसपासका स्थानीयले पैसा लिएर मोटरसाइकल तार्ने गरेका छन् ।

६ जनाको समूहले काठको साहारामा काँधमा हालेर मोटरसाइकल तार्ने गर्दछन् । ठाडो खोला भएकाले सो बाटोबाट यात्रा गर्ने स्थानीयले शुल्क तिरेर खोला तर्नुको विकल्प नभएको खोटेहाङ गाउँपालिका-७ खोटाङबजारका वडाध्यक्ष शिव फुयाँलले बताए । वर्षायाममा मोटरसाइकल तथा यात्रुलाई खोला तार्दा स्थानीयले राम्रो आम्दानी गर्ने गरेका छन् ।

गाईघाट-दिक्तेल सडकखण्ड अन्तर्गत खोटाङको खोटेहाङ गाउँपालिका-९ लिच्कीराम्चे र उदयपुरको रौतामाई गाउँपालिका-५ आँपटारको सीमानामा पर्ने फोक्सिङटारस्थित सुनकोसी पुल निर्माण सम्पन्न नभएसम्म जिल्लाबासीले राकुँली खोला तर्न शुल्क तिर्नुको विकल्प छैन ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  १० : १५ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ