८ आश्विन २०८३, बिहिबार | September 24, 2026

विद्यालय खुलाउने कि नखुलाउने ? काठमाडौं महानगर छलफलमा



काठमाडौं । काठमाडौं महानगरपालिकाले तत्काल विद्यालय खोल्ने/खोल्नेबारे छलफल भइरहेको बताएको छ ।

स्मार्ट लकडाउन कार्यविधिअनुसार काठमाडौं जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (डिसीसीएमसी)ले विद्यालय खोल्न सक्ने भनेपछि महानगरले तयारी थालेको भए पनि औपचारिक निर्णय नभएको कामपाका प्रमुख विद्यासुन्दर शाक्यले जानकारी दिए । ।

शाक्यले भने “काठमाडौं उपत्यकाका अन्य स्थनीय तहजस्तो महानगर होइन, यहाँ विद्यार्थीको अत्यधिक सङ्ख्या छ उनीहरुलाई सुरक्षित राख्दै पठनपाठनलाई सञ्चालन गर्नुपर्छ, त्यसका लागि छलफल भइरहेको छ ।”

“विद्यालय उमेर समूहका १८ वर्षमुनिका बालबालिका कारोना भाइरस सङ्क्रमणबाट बढी जोखिममा रहेकाले दुई दिन खोलेर बन्द गर्दा थप समस्या उत्पन्न हुन्छ, त्यसका लागि सञ्चालन गर्नुपूर्व छलफल गर्नुपर्छ”, उनले भने ।

कामपामा रहेका ९१ सामुदायिक र ५४१ संस्थागत विद्यालय सञ्चालनमा छ । सामुदायिक विद्यालयमा ४२ हजार र संस्थागत विद्यालयमा दुई लाख २० हजार विद्यार्थीले पठनपाठन गर्दछन् । सामुदायिक विद्यालयमा एक हजार ७९१ शिक्षक कार्यरत छन् ।

जिल्ला प्रशासन कार्यालयले बुधबार जारी गरेको आदेशमा भौतिक उपस्थितिमा पठनपाठन सञ्चालन गर्ने भए स्मार्ट लकडाउनको प्रावधानभित्र रही स्थानीय तहहरुले जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रसँग समन्वय गरी विद्यालय सञ्चालनको निर्णय गर्न सक्ने भनेको थियो ।

कोभिड–१९ को दोस्रो लहर आएको जनाउँदै सरकारले गत वैशाख १६ गतेदेखि दोस्रोपटक लकडाउन गर्दा देशका सम्पूर्ण विद्यालय बन्द भएको थियो ।

प्रकाशित मिति : १७ भदौ २०७८, बिहिबार  ४ : ०४ बजे

५९ जिल्लामा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह

काठमाडौं । वर्षासँगै देशका विभिन्न जिल्लामा आज (असोज ८ गते)

अमेरिकाले तीन करोड १० लाख डलर प्रदान गर्ने

काठमाडौँ । अमेरिकाले नेपाललाई तीन करोड १० लाख डलर प्रदान

भोटेकोशी बाढी : १४५३ जनाको शव फेला, १३३३ वटाको व्यवस्थापन र ४७१८ जना अझै बेपत्ता

काठमाडौं । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीका कारण बिहीबार बिहान

राहुघाट निर्माणको १६ वर्षे यात्राः असफल ठेक्कादेखि परीक्षण उत्पादन

म्याग्दी । म्याग्दीको बहुप्रतिक्षित राहुघाट जलविद्युत् आयोजना सुरु भएको डेढ

डोल्पा विमानस्थलमा सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको पांग्रा खुस्कियो

काठमाडौं । डोल्पाको जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा सीता एयरको