१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

मनाङमा दुई महिनादेखि यातायात अवरुद्ध, खाद्यान्नका लागि हेलिकोप्टरको भर



लमजुङ । १ असारको बाढीपहिरोले सडक क्षतविक्षत बनाएपछि हिमाली जिल्ला मनाङमा खाद्य संकट भएको छ । दुई महिना बढी समयदेखि यातायात अवरुद्ध मनाङमा खाद्यान्न लगायत ढुवानी नभएपछि जनजीवन नराम्ररी प्रभावित भएको छ ।

दुई महिना बढी समयदेखि मनाङमा खाद्यान्न हेलिकप्टरमार्फत पुर्‍याइएको छ । यातायात बन्द भएपछि मनाङमा खाद्यान्न लगायतका दैनिक उपभोग्य सामग्री लैजान पनि हेलिकोप्टरकै भर पर्नुपर्ने मनाङवासीको बाध्यता छ ।

मनाङमा बाढीले क्षतविक्षत बनाएको सडक निर्माण हुन समय लाग्ने भएपछि माथिल्लो मनाङमा खाद्यान्न संकट झन बढ्ने चिन्ता बढेको पर्यटन व्यवसायी विनोद गुरुङले बताए । माथिल्लो क्षेत्र मनाङ ङिस्याङ गाउँपालिकाका विभिन्न गाउँमा कामका लागि पुगेका मजदुरले उपभोग्य वस्तु किन्न पाएका छैनन् । दैनिक उपभोग्य वस्तु अभाव भएको र चामे हुँदै ढुवानी सम्भव नभएपछि माथिल्लो क्षेत्रका वासिन्दाले मुस्ताङ हुँदै थोराङला भञ्ज्याङ पास गराएर आवश्यक वस्तु ढुवानी गरेको गुरुङले बताए ।

थोराङला भञ्ज्याङ पार गराएर खच्चडमार्फत उपभोग्य वस्तु ढुवानी गरिएको छ । मुस्ताङबाट दुईदिनमा खाद्यान्न खच्चडमार्फत टंकी मनाङसम्म झार्न सकिन्छ । हेलिकप्टरको ढुवानी महँगो हुने भएकोले पनि मुस्ताङको बाटो हुँदै खच्चडमार्फत खाद्यन्न ढुवानी गरिएको हो ।

मनाङका प्रमुख जिल्ला अधिकारी विष्णु लामिछानेका अनुसार सडक अवरुद्ध हुँदा माथिल्लो मनाङमा हेलिकप्टरको माध्यमबाट खाद्यान्न ढुवानी गरिए पनि पर्याप्त मात्रमा नहुँदा स्थानीयले मुस्ताङबाट खच्चडमार्फत खाद्यान्न ल्याइएको बताए । सरकारले मनाङ जिल्लालाई विपत संकटग्रस्त क्षेत्र घोषणा गरेको छ ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ८ : ५८ बजे

बुटवलमा सार्वजनिक भयो प्रोटोन ‘इ.मास ५’

बुटवल । नेपालका लागि प्रोटोन गाडीको आधिकारिक वितरक जगदम्बा मोटर्स

सभामुखद्वारा सचेतकहरूसँग छलफल, सदनको कारबाही प्रभावकारी बनाइने

काठमाडौं । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधिसभाका विभिन्न राजनीतिक दलका मुख्य

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से