७ आश्विन २०८३, बुधबार | September 23, 2026

सभामुख र निर्वाचन आयोग विरुद्ध एमालेको रिट न्यायाधीस मीरा खड्काको इजलासमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

न्यायाधीस मीरा खड्काको एकल इजालसमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । बुधबार दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

एमाले अध्यक्ष ओलीले वारेसमार्फत सभामुख र आयोग विरुद्ध रिट दायर गरेका थिए । गैरकानूनी रूपमा एमालेलाई विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई राजनीनिक दलको मान्यता दिएको र एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सूचना टाँस नगरेको भन्दै आयोग र सभामुखलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।

निर्वाचन आयोगले बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै ओलीले अन्तरिम आदेश माग गरेका छन् । नेकपा एकीकृतलाई राजनीतिक दलको मान्यता दिँदा आफ्ना पार्टी नेकपा एमालेलाई अपुरणणीय क्षति हुने ओलीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ११ : २४ बजे

कान्ति राजमार्ग र भैँसे-भीमफेदी-कुलेखानी सडकमा राति सवारी सञ्चालन रोक

हेटौँडा । भारी वर्षाका कारण बाढी तथा पहिरोको जोखिम बढ्न

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि बुटवलमा हुने

मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबल असोज १२ देखि

३६ दशमलव २५ अङ्कले घट्यो नेप्से परिसूचक

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापक नेप्से परिसूचक आज

प्रधानमन्त्री बालेन्द्रको आग्रह – तीन दिन भारी वर्षाको सम्भावना छ सर्तक बन्नुहोला

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले असोज ९ गते शुक्रबारदेखि ११

नागरिक लगानी कोषको लगानीलाई पारदर्शी र प्रतिफलमुखी बनाउँछौं : अर्थमन्त्री वाग्ले

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नागरिक लगानी कोषको लगानीलाई