२९ मंसिर २०८२, सोमबार | December 15, 2025

सभामुख र निर्वाचन आयोग विरुद्ध एमालेको रिट न्यायाधीस मीरा खड्काको इजलासमा



काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सभामुख अग्निप्रसाद सापकोटा र निर्वाचन विरुद्ध दायर गरेको रिटमा सर्वोच्च अदालतमा आज प्रारम्भिक सुनुवाइ हुँदैछ ।

न्यायाधीस मीरा खड्काको एकल इजालसमा सुनुवाइ हुनेगरी पेशी तोकिएको छ । बुधबार दर्ता भएको रिटमाथि आज प्रारम्भिक सुनुवाइ हुन लागेको हो ।

एमाले अध्यक्ष ओलीले वारेसमार्फत सभामुख र आयोग विरुद्ध रिट दायर गरेका थिए । गैरकानूनी रूपमा एमालेलाई विभाजन गरेर बनेको नेकपा (एकीकृत समाजवादी)लाई राजनीनिक दलको मान्यता दिएको र एमालेले कारवाही गरेका १४ सांसदलाई पदमुक्त गर्न सूचना टाँस नगरेको भन्दै आयोग र सभामुखलाई विपक्षी बनाएर रिट दायर भएको थियो ।

निर्वाचन आयोगले बदनीयतपूर्ण र अनाधिकृत व्यक्तिहरुलाई हस्ताक्षर गरेर एमाले फुटाउन गरेको हस्ताक्षरलाई मान्यता दिएको भन्दै ओलीले अन्तरिम आदेश माग गरेका छन् । नेकपा एकीकृतलाई राजनीतिक दलको मान्यता दिँदा आफ्ना पार्टी नेकपा एमालेलाई अपुरणणीय क्षति हुने ओलीले उल्लेख गरेका छन् ।

प्रकाशित मिति : १८ भदौ २०७८, शुक्रबार  ११ : २४ बजे

अबको निर्वाचनपछि बन्ने सरकारको नेतृत्व गर्नेगरी अगाडि बढ्नुपर्छ : मन्त्री घिसिङ

धुलिखेल । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङले नयाँ शक्तिहरू

योजना आयोगको उपाध्यक्षमा डा प्रकाश श्रेष्ठ

काठमाडौँ । सरकारले राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा प्रकाशकुमार श्रेष्ठ

सुनको मूल्य हालसम्मकै उच्च, तोलाको २ लाख ६० हजार नाघ्यो

काठमाडौं । सुनको मूल्यले नयाँ रेकर्ड कायम गरेको छ ।

एमाले ११ औं महाधिवेशन : पोखरेल समूहको पदाधिकारी टिम करिब टुंगियो

काठमाडौं । नेकपा (एमाले) को ११ औँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष