६ पुस २०८२, आइतबार | December 21, 2025

एमाले अध्यक्ष ओलीको गम्भीर प्रश्न – कसलाई खुशी पार्न चीनसँग सीमा विवादको नाटक रचियो ?



काठमाडौं । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले अरु कसैलाई खुशी बनाउन चीनसँग हुँदै नभएको सीमा विवादको बखेडा निकालिएको बताएका छन् ।

शनिबार एमालेको काठमाडौं महानगर कमिटी भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले चीनसँग सीमा विवाद नै नभएको दाबी गर्दै सरकारले अहिले बनाएको सीमा विवाद अध्ययन समिति अरु कसैलाई खुशी पार्न गरिएको बताए । ओलीले प्रश्न गरे, ‘कसलाई कसलाई खुसी पार्न खोजेको हो ? सरकारले प्रष्ट पार्नुपर्छ ।’ ओलील भने, ‘‘चीनसँग सीमा विवाद नै छैन् ।’ उनले अहिले सरकारले बनाएको समितिले सीमा विवाद देखाउन सकोस भन्दै चुनौती दिए ।

अध्यक्ष अ‍ोलीले सरकारले झुक्याएर एमसीसी पारित गर्न खोजेको आरोप लगाए । उनले एमसीसीबारे सरकारका मान्छे कोही पनि नबोलेको भन्दै आक्रोश व्यक्त गरे । उनले भने, ‘झुक्याएर पास गर्न लागेका छन् । शेरबहादुर जीले भन्नु पर्दैन एमसीसी के गर्ने रु प्रचण्डले भन्नु पर्दैन एमसीसी के गर्ने ? उनीहरु चुपचाप छन् ।’

प्रकाशित मिति : १९ भदौ २०७८, शनिबार  ३ : ५२ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा