१३ बैशाख २०८१, बिहिबार | April 25, 2024

७६१ वटा सिंहदरबार देशले थेग्न सक्दैन : प्रभु साह



काठमाडौं । पूर्वमन्त्री प्रभु साहले ७६१ सिंहदरबारको भार देशले थेग्न नसक्ने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित काठमाडौं(प्रदेश २ सम्पर्क मञ्चसँगको छलफलका क्रममा पूर्वमन्त्री साहले नेपालको सन्दर्भमा ७६१ वटा सरकार रहने व्यवस्था लादेर मुलुकलाई अस्तव्यस्त बनाएको टिप्पणी गरे ।

क्षेत्रफलमा विशाल र आर्थिक रूपमा अग्रस्थानमा रहेका देशहरूमा ५०/६० वटा मात्र सरकार रहेको भन्दै उनले नेपालमा गलत ढंगले सयौं सरकार जन्माइएको बताए ।

उनले संसारमा कहिँ पनि नभएको ७६१ वटा सरकार नेपालमा मात्र रहेको, शासक वर्गलाई आरक्षण नेपालमा मात्र रहेको, पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र रहेको, अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिनेजस्ता व्यवस्थाहरू नेपालमा मात्र रहेकोले देशलाई खोक्रो बनाउने कार्य भइरहेको टिप्पणी गरे ।

‘संसारमा काहिँ नभएको तीन तहको सरकार नेपालमा छ । दर्जनौ संवैधानिक निकाय नेपालमा मात्र छन् । संसारमा काहिँ नभएको शासक वर्गलाई आरक्षण नेपालमा छ । पक्षपातपूर्ण राजस्व बाँडफाड नेपालमा मात्र छ । अरु देशको नागरिकता लिइसकेको व्यक्तिलाई पनि नागरिकता दिने व्यवस्था नेपालमा छ । देशलाई खोक्रो बनाउने यस्ता व्यवस्था राखेर महान कार्य गर्यौ भन्न अलिकिति पनि लाज नमान्नेहरू पनि छन्’, पूर्वमन्त्री साहले भने ।

पूर्वमन्त्री प्रभु साहले संविधानसभाबाट संविधान जारी गर्ने समयमा नै यो संविधानले देशको भलाई गर्न नसक्ने भन्दै संविधानमा हस्ताक्षर नगरी संघर्ष गएका थिए ।

प्रकाशित मिति : १९ भाद्र २०७८, शनिबार  ७ : ४४ बजे

त्रिवि भूगोल केन्द्रीय विभागमा माटो परीक्षण तालिम

काठमाडौं । त्रिभुवन विश्वविद्यालय भूगोल केन्द्रीय विभागले माटोको नियमित परीक्षण

१६ औँ योजनाले एकीकृत पूर्वाधार र सूचना प्रविधिको विस्तारलाई जोड दिएको छ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले १६ औँ योजनामा एकीकृत

वेस्ट इन्डिज ए विरुद्ध खेल्ने नेपाली टिमको घोषणा

काठमाडौं । नेपालले वेस्ट इन्डिज ए विरुद्ध खेल्ने टिमको घोषणा

आज सुन तोलाको १ लाख ३५ हजार ८०० रुपैयाँ

काठमाडौं । नेपाली बजारमा सुनचाँदीको मुल्य घटेको छ । नेपाल

बसको ठक्करबाट भरतपुरमा तीर्थयात्रीको मृत्यु

भरतपुर । पूर्वी चितवनको राप्ती नगरपालिकामा बसको ठक्करबाट एक जना