२४ माघ २०८२, शनिबार | February 8, 2026

सहमति कार्यान्वयन नभएको विरोधमा बिपी प्रतिष्ठानका चिकित्सक काम रोक्दै पुनः आन्दोलनमा



काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आफुहरुसँग यसअघि भएको सहमति पालना नभएको भन्दै उनीहरु आजबाट नियमित काम छोडेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम रोकेपछि अस्पतालको ओपीडी सेवा, शल्यक्रिया सेवासहित अन्य उपचार सेवा प्रभावित भएको छ ।

प्रतिष्ठानमा शुद्धिकरण गर्ने अभियान चलाइरहेको संयुक्त संघर्ष समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सो सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने चेतावनी दिएको थियो। गत साउन १९ गते मध्यरातमा प्रतिष्ठानका आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो।

आन्दोलनकारीले प्रतिष्ठानका विवादित पदाधिकारी हटाउनुपर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानविन गर्नुपर्ने, अख्तियारमा परेका मुद्दा किनारा लगाउनुपर्ने लगायतका माग राखेका थिए । साउन १९ मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलको नेतृत्वको सरकारी वार्ता टोलीले माग पुरा गर्ने सहमति गरेको थियो ।

५० दिनसम्म गरेको आन्दोलनबाट भएको सहमति कार्यावन्यनमा ढिलासुस्ती भएको आरोप लगाउँदै चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु आजबाट पुनः दबाब आन्दोलनमा उत्रिएका हुन् ।

बिपी प्रतिष्ठानमा दैनिक ३ हजार बिरामीले ओपीडी सेवा लिन्छन् । यस्तै दैनिक कम्तिमा २० वटा शल्यक्रिया हुने गरेको छ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ११ : १३ बजे

बुटवलको मिलनचोकमा रहेको सिद्धार्थ कटेजमा तीनदिने मोमो महोत्सव हुँदै

बुटवल । बुटवलको सिद्धार्थ कटेजमा मोमो महोत्सव आयोजना हुने भएको

इलामको नयाँबजार आसपास केन्द्रविन्दु भएर भूकम्प

काठमाडौं । इलाम जिल्लाको माइजोगमाई गाउँपालिकास्थित नयाँबजार आसपास केन्द्रविन्दु भएर

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

काठमाडौं । सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ

कांग्रेस बदलिएको सन्देश घरघरसम्म पुर्‍याउनुपर्छ : गगन थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले कांग्रेस बदलिएको सन्देश

क्यामेरा देखेर भाग्ने उम्मेदवार, प्रश्न सुनेर तर्सिने राजनीति

बुटवल । शनिबार बिहानैदेखि बाक्लो हुस्सु र शीतलहरले ढाकिएको रुपन्देहीको