१२ श्रावण २०८१, शनिबार | July 27, 2024

सहमति कार्यान्वयन नभएको विरोधमा बिपी प्रतिष्ठानका चिकित्सक काम रोक्दै पुनः आन्दोलनमा



काठमाडौं । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सक, नर्स लगायतका स्वास्थ्यकर्मीहरु पुनः आन्दोलनमा उत्रिएका छन् ।

आफुहरुसँग यसअघि भएको सहमति पालना नभएको भन्दै उनीहरु आजबाट नियमित काम छोडेर आन्दोलनमा उत्रिएका हुन् । चिकित्सक, विद्यार्थी, नर्ससहितका स्वास्थ्यकर्मीले काम रोकेपछि अस्पतालको ओपीडी सेवा, शल्यक्रिया सेवासहित अन्य उपचार सेवा प्रभावित भएको छ ।

प्रतिष्ठानमा शुद्धिकरण गर्ने अभियान चलाइरहेको संयुक्त संघर्ष समितिले सरकारले सहमति पालनामा ढिलाई गरेको भन्दै सात दिनभित्र सो सहमति कार्यान्वयन नगरे पुनः आन्दोलन गर्ने चेतावनी दिएको थियो। गत साउन १९ गते मध्यरातमा प्रतिष्ठानका आन्दोलनकारी र सरकारबीच ६ बुँदे सहमति भएको थियो।

आन्दोलनकारीले प्रतिष्ठानका विवादित पदाधिकारी हटाउनुपर्ने, प्रतिष्ठानको आर्थिक अनियमितता छानविन गर्नुपर्ने, अख्तियारमा परेका मुद्दा किनारा लगाउनुपर्ने लगायतका माग राखेका थिए । साउन १९ मा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. कृष्णप्रसाद पौडेलको नेतृत्वको सरकारी वार्ता टोलीले माग पुरा गर्ने सहमति गरेको थियो ।

५० दिनसम्म गरेको आन्दोलनबाट भएको सहमति कार्यावन्यनमा ढिलासुस्ती भएको आरोप लगाउँदै चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरु आजबाट पुनः दबाब आन्दोलनमा उत्रिएका हुन् ।

बिपी प्रतिष्ठानमा दैनिक ३ हजार बिरामीले ओपीडी सेवा लिन्छन् । यस्तै दैनिक कम्तिमा २० वटा शल्यक्रिया हुने गरेको छ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ११ : १३ बजे

भोजपुरको होम्ताङमा घरघरमा बुनिन्छ नाङ्लो

भोजपुर । भोजपुरको हतुवागढी गाउँपालिका होम्ताङका स्थानीयले परम्परागत पुख्र्यौंली पेसा

किन बढ्दै छ आइभिएफ ?

काठमाडौँ । सन् १९७८ जुलाई २५ रातको करिब ११स् ३०

बीआरआईमा तिब्बतको महत्वपूर्ण भूमिका

सन् २०२१ को जुलाईमा चिनियाँ कम्युनिष्ट पार्टी (सीपीसी) को केन्द्रीय

चितवनमा ५१ जनामा डेङ्गु सङ्क्रमण

चितवन । चितवनमा ६४ जनामा डेङ्गुको सङ्क्रमण देखिएको छ ।

‘विश्वभर २३३ करोड मानिस नियमित पर्याप्त खाना पाउन संघर्ष गर्दै’

काठमाडौँ । विश्वका प्रत्येक ११औं व्यक्ति भोकसँग संघर्ष गरिरहेका छन्