६ पुस २०८२, आइतबार | December 21, 2025

भारतीय प्रधानमन्त्री मोदीको पुत्ला जलाएकोमा गृहमन्त्रालयको आपत्ति



काठमाडौं । दार्चुला तुइन प्रकरण विरुद्ध काठमाडौंमा युवा विद्यार्थीले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला जलाएकोमा नेपालको गृहमन्त्रालयले आपत्ति जनाएको छ ।

गृहमन्त्रालयले आइतबार विज्ञप्ति जारी गर्दै छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्री विरुद्ध उच्छुङ्खल र गतिविधि र नारावाजी गरेको भन्दै आपत्ति जनाएको हो ।

केही दिनयता छिमेकी मित्रराष्ट्रका प्रधानमन्त्रीको प्रतिष्ठानमा आँच आउनेगरी नाराबाजी गर्ने, जुलुस प्रदर्शन गर्ने र पुत्ला दहन गर्ने गतिविधि प्रति ध्यानाकर्षण भएको गृहमन्त्रालयले जनाएको छ । मन्त्रालयले यस्ता गतिविधि उच्छृङ्खल र निन्दनीय भएको जनाउँदै गम्भीर आपत्ति जनाएको छ ।

नेपाल सरका सबै मित्रराष्ट्रहरुसँग पारस्परिक सम्बन्ध अझ प्रगाढ बनाउन चाहन्छ र नेपाली भूमिमा कुनै पनि राष्ट्रका विरुद्धका गतिविधि हुन नदिने विषयमा कटिवद्ध छ’, मन्त्रालयको विज्ञप्तिमा उल्लेख गरिएको छ मित्रराष्ट्रहरुसँगको स्वाभिमान र सम्मानमा आँच आउने कुनै पनि क्रियाकलाप नगर्न सबैलाई आग्रह गरिन्छ ।

मन्त्रालयले मित्रराष्ट्रहरुसँग उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाट समाधान गरिँदै आएको जनाउँदै भविष्यमा पनि उत्पन्न समस्यालाई वार्ता, सम्वाद र कुटनीतिक माध्यमबाटै समाधान गरिने जनाएको छ।

दार्चुला तुईन प्रकरण र नेपाली आकाशमाथि भारतीय हेलिकोप्टर अनधिकृत रुपमा उडाएको विरोधमा नेकपा एकीकृत समाजवादी निकट युवा विद्यार्थीले काठमाडौंमा मोदीको पुत्ला दहन गरेका थिए ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  १ : २७ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा