१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

कर्मचारी दक्षता स्तरोन्नती गर्न नबिल बैंकले ल्यायो ‘नबिल डिजी वर्कस्पेस’



काठमाडौ । नबिल बैंकले ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको छ । हरेक पक्षमा अग्रपङ्तीमा रहेको बैंकले कर्मचारी दक्षता स्तरोन्नती गर्न ‘नबिल डिजी वर्कस्पेस’ ल्याएको हो ।

यसले हाल चलनमा रहेको इन्ट्रानेटलाई विस्थापित गर्ने छ । सम्पूर्ण कर्मचारीले आफुले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने छन र विद्युतिय प्रणालिबाट उक्त कामको प्रक्रिया अगाडि बढ्नेछ ।

नबिल डिजी वर्कस्पेसको उद्घाटन गर्दै बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागज विहिन काम गर्ने वातावरण अबको आवश्यकता रहेको बताए । कार्यक्रममा निमित्त प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्यले नबिल डिजी वर्कस्पेसमा आएको काम स्विकृत गरे ।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले आफूले दैनिक गर्नु पर्ने काम कहाँ छन, को सँग छन तिनको जानकारी सहजै एक क्लिकबाट भेट्नेछन ।

यसो गर्दा कम समयमा काम सम्पन्न हुने र ग्राहकलाई छिटो, छरितो सेवा प्रदान हुनेछ भन्ने कुरामा बैंक विश्वस्त छ ।
अबका दिनमा फाइल स्विकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउनेछन र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेर ग्राहकका कामहरु स्विकृत गर्न सक्नेछन । यसले कागजी प्रकृया बिना तिब्र रुपमा अनिर्णित कामहरु सम्पादन गर्न सहयोग पुग्नेछ ।

प्रकाशित मिति : २० भदौ २०७८, आइतबार  ७ : १८ बजे

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे

बडीमालिकामा हिमपात, एक जनाको उद्धार, एकको खोजी जारी

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिकामा हिमपातपछि फसेका