१ भदौ २०८३, सोमबार | August 17, 2026

हारपछि प्रशिक्षक अल्मुताइरीकाे प्रतिक्रिया :- खेल सुधार्ने प्रयासमा छाैँ, कतार प्रशिक्षण राम्रो हुनेछ



काठमाडौं । भारतसँग अन्तिम खेलमा पराजित भए पनि नेपाली राष्ट्रिय फुटबल टोलीका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले खेलाडीको प्रदर्शनबाट आफू खुसी भएको बताएका छन् ।

आइतबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको दोस्रो मैत्रीपूर्ण खेलमा नेपाल भारतसँग २-१ गोल अन्तरले पराजित भएको थियो । पराजित बाबजुद प्रशिक्षक अब्दुल्लाहले खेलाडीले राम्रो खेलेको प्रतिक्रिया दिएका हुन् ।

‘हामीले राम्रो खेल्यौं । कन्ट्रोल गर्‍यो, रिसिभ राम्रो गर्‍यो । हाम्रो मौका थियो । मौकाको सदूपयोग गर्न सकेनौं । तर टोलीप्रति म खुसी छु, गौरवान्वित छु,’ खेलपछि पोष्ट म्याचमा प्रशिक्षक अब्दुल्लाहले भने ।

पहिलो हाफ भारतले नेपाललाई दबाब दिने प्रयास गरे पनि नेपाली डिफेन्स लाइनले त्यसलाई सहजै नियन्त्रणमा लियो । दोस्रो हाफमा भने भारतले लगातार दुई गोल गरेको थियो ।

दोस्रो हाफमा मैदान प्रवेश गरेका पारुख चौधरीले खेलको ६२ औँ मिनेटमा ‘डि बक्स’भित्र बल नियन्त्रणमा लिँदै सहजै गोल गरे । खेलको ८१ औँ मिनेटमा कप्तान सुनिल क्षेत्रीले भारतलाई २-० गोल अन्तरको अग्रता दिलाए । उनले मैदानबीच भागमा प्राप्त बललाई अगाडि बढाउँदै गोलरक्षक किरणलाई विट गर्दै सहज गोल गरे ।

नेपालका लागि खेल सकिन तीन मिनेट बाकी हुँदा मिडफिल्डर तेज तामाङले गोल गरे । उनले ‘डि बक्स’ बाहिरबाट गोल गर्दै सिनियर टोलीमा गोलको खाता खोले । यसअघि गत शुक्रबारको पहिलो मैत्रीपूर्ण खेल १-१ गोलको बराबरीमा समाप्त भएको थियो ।

प्रशिक्षक अब्दुल्लाहले भारतविरुद्ध खेल्न खेलाडीलाई हौसला प्रदान गरेको र खेलाडीले सोही अनुसार खेलेको बताउँदै आगामी साफका लागि कतारमा तयारी पूरा गर्ने बताए ।

‘भारतविरुद्ध खेलाडीलाई खुलेर खेल्न बताएको थिए । योजना अनुसार पहिलो हाफमा भारतलाई रोक्न सफल भयौं । फिनिसिङमा समस्या छ । हामी सुधार्ने प्रयास गर्नेछौं । कतार प्रशिक्षण राम्रो हुनेछ,’ प्रशिक्षक अब्दुल्लाहले भने ।

भारतीय प्रशिक्षक इगोर स्टिम्याकले पहिलो खेलको तुलनामा दोस्रो खेलमा आफ्नो खेलाडीले राम्रो खेलेको बताए । ‘खेल राम्रो भयो । सबैले रमाइलो गरे । पहिलो खेलको तुलनामा दोस्रो खेल राम्रो भयो । पिच राम्रो भएर पनि खेल राम्रो भएको हुनसक्छ । हुनुपर्ने जति राम्रो थिएन । तर अगाडिको भन्दा राम्रो थियो,’ क्रोयशियन नागरिक इगोरले भने ।

दुई मैत्रीपूर्ण खेलसँगै नेपाली टिम साफ च्याम्पियनसिपको तयारी लागि कतार भ्रमणमा निस्कनेछ ।

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ७ : ३६ बजे

भारतीय स्थल सेनाध्यक्ष सेठलाई आज नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिइँदै

काठमाडौं । भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठलाई आज नेपाली

पश्चिम नेपालमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसमविद्को आग्रह

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

धादिङमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग अवरुद्ध

धादिङ । धादिङको गजुरी गाउँपालिका-२ चालिसेमा सुख्खा पहिरो खस्दा पृथ्वीराजमार्ग

बडीमालिका पूजा आजदेखि प्रारम्भ

बाजुरा । धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका मन्दिरमा आजदेखि

आज लुम्बिनी प्रदेशका मुख्यमन्त्री आचार्यले विश्वासको मत लिँदै

दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले आज प्रदेश सभाबाट