६ पुस २०८२, आइतबार | December 21, 2025

रुपन्देहीमा ५ जना एमाले जनप्रतिनिधिले रोजे एकिकृत समाजवादी, मंगलबार संख्या थपिने एस पार्टी नेताहरुको दाबी



बुटवल । एमाले मै बस्ने की नेकपा एकिकृत समाजवादी रोज्ने ? भनेर निर्वाचन आयोगले निर्धारण गरिदिएको समय सकिन एक दिन बाँकी रहँदा रुपन्देहीमा एकजना नगर उपप्रमुख सहित ५ जना एमालेको तर्फबाट निर्वाचित जनप्रतिनिधिहरुले नेकपा एकिकृत समाजवादी रोजेका छन् ।

रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाकी उपप्रमुख उमा काफ्लेसहितका ५ जना जनप्रतिनिधिहरुले ले नेकपा एकीकृत समाजवादी रोजेका हुन् । सोमबार मध्यान्ह निर्वाचन कार्यालय भैरहवा पुगेर उनीहरुले समाजवादी रोजेको सनाखत गराएका छन् ।

आफुले निर्वाचन कार्यालय गएर एकिकृत समाजवादीमा रहने गरि सनाखत गराएको उपप्रमुख काफ्लेले बताइन् । एकिकृत समाजवादीका रुपन्देही अध्यक्ष राजु गुरुङका अनुसार काफ्ले सहित बुटवल उपमहानगरका वडा सदस्यहरु चिनबहादुर गुरुङ, गोपाल नेपाल, सुनील शाक्य र तिलोत्तमाका कार्यपालिका सदस्य यज्ञेश्वर क्षत्रीले समाजवादी रोजेका छन् ।

रुपन्देहीमा थप एमालेका जनप्रतिनिधिहरुले समाजवादी रोज्ने अध्यक्ष गुरुङले दाबी गरे । ‘बाँकी रहेका केही जनप्रतिनिधिले भोलि मंगलबार सनाखत गराउनु हुन्छ ।’ समाजवादी रुपन्देहीका संयोजक गुरुङले भने ।

निर्वाचन आयोगले प्रदेश तथा स्थानीयतहमा निर्वाचित एमालेका जनप्रतिनिधिहरुले भाद्र २२ गते सम्ममा एमाले मै बस्ने वा एकिकृत समाजवादी रोज्ने ? भन्ने निर्णय गर्न सक्ने गरि निर्णय सुनाएको छ ।

 

प्रकाशित मिति : २१ भदौ २०७८, सोमबार  ७ : ३३ बजे

नेपालगन्जमा सार्वजनिक नीति साझेदारी ऐन पारित

नेपालगन्ज । नेपालगञ्ज उपमहानगरपालिकाले संंशोधनसहित आर्थिक ऐन, २०८२ र सार्वजनिक

सभामुख घिमिरेसँग चिनियाँ राजदूत सोङको बिदाइ भेट

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसँग नेपालका लागि जनवादी गणतन्त्र

चिसोले गरिब बस्तीको जनजीवन कष्टकर

महोत्तरी । मङ्सिरभरि झलमल्ल घाम लाग्दा सामान्य रहेको यहाँको जनजीवन

बैंकहरूको निक्षेप पौने ७६ खर्ब नाघ्यो, राष्ट्र बैंकलाई तरलता व्यवस्थापनको चुनौती

काठमाडौं । नेपालका बैंक तथा वित्तीय संस्थाहरूमा सर्वसाधारणको निक्षेपको कुल

चितवनमा नागरिकता त्याग्नेभन्दा गैरआवासीय नागरिकता लिने बढी

चितवन । नेपाली नागरिकता परित्याग गर्नेभन्दा गैरआवासीय नागरिकता लिनेको सङ्ख्या