६ पुस २०८२, आइतबार | December 21, 2025

नेकपा (एस) दर्ता खारेजको माग गर्दै एमाले अध्यक्ष ओलीले दायर गरेको मुद्दा प्रधानन्यायाधीसको इजलासमा



काठमाडौं । नेकपा (एस) को दर्ता अवैधानिक भएको भन्दै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा दर्ता गरेको रिट आज पनि सुनुवाई का सूचीमा चढेको छ ।

निर्वाचन आयोग, प्रतिनिधिसभाका सभामुख तथा लुम्बिनी प्रदेशसभाका सभामुख विरुद्ध दायर गरिएको रिटको सुनुवाई प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको इजलासमा तोकिएको छ । आईतबार सुनुवाईमा परेको सो रिट हेर्न नभ्याईनेमा परेको थियो ।

एमाले विभाजन गरेर बनेको नेकपा एकीकृत समाजवादीलाई दलको मान्यता दिएको भन्दै ओलीले गत बुधवार सर्वोच्चमा रिट दायर गरेका थिए । दलले बिधिसम्मतरुपमा कारवाही गरेको सांसदहरुको पदमुक्तको सूचना प्रकाशित नगरेको अभियोगमा प्रतिनिधिसभाका सभामुख अग्नी प्रसाद सापकोटा र लुम्बिनी प्रदेशसभाका सभामुख पुर्ण घर्ती तथा पार्टीले निस्काशन गरेका नेताहरुको हस्ताक्षरलाई सनाखत गर्दै दल दर्ता गरेको अभियोगमा निर्वाचन आयोग विरुद्ध ओलीले रिट निवेदन दर्ता गराएका थिए ।

एमालेले कारवाही गरेका १४ सांसद र ९ केन्द्रीय सदस्यको सनाखत गैरकानूनी भएको भन्दै नेकपा एकीकृत समाजवादी खारेजीको माग रिटमा गरिएको छ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ११ : १९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा