१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

बिपी प्रतिष्ठानका आन्दोलनरत चिकित्सकद्वारा अस्पताल प्रांगणमै ओपीडी सेवा



धरान । धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका चिकित्सकहले अस्पताल प्रांगणबाट बिरामी जाँच्न थालेका छन् ।

सरकारसँग भएको सहमति कार्यान्वयन नभएको भन्दै गत आइतबारदेखि काठ छोडेर आन्दोलनमा उत्रिएका चिकित्सक, नर्सलगायतका स्वास्थ्यकर्मीहरुले आजबाट अस्पताल प्रांगणमा बिरामी जाँच्न थालेका हुन् । चिकित्सकहरुले कोभिड र आकस्मिक बाहेकका अन्य सबै सेवा ठप्प पारेका थिए ।

चिकित्सकले बिरामी जाँच्न छोडेर आन्दोलनमा उत्रिँदा बिरामी सेवाग्राही मर्कामा परेको भन्दै हिजो लिम्बुवानका कार्यकर्ताले प्रतिष्ठानका पदाधिकारीको कार्यकक्षमा तोडफोड गरेका थिए ।

चारैतिरबाट काम नरोक्न दबाब बढेपछि चिकित्सकहरुले आन्दोलनको स्वरुप केही परिवर्तन गर्दै बिरामी जाँच्न थालेका हुन् । उनीहरुले उपचारका लागि टाढाटाढाबाट आउने बिरामीलाई थप मर्का नपरोस भन्दै अस्पताल प्रांगणबाट ओपीडी सेवा दिन थालेका हुन् ।

प्रतिष्ठानमा भएको व्यथिति हटाउन माग गर्दै विगत ८५ दिनदेखि चिकित्सकहरु आन्दोलनमा उत्रिएका छन् । सरकारसँग ५० दिन हुँदा गत साउन १९ गते सहमति भएपनि सहमति पालना नभएको उनीहरुको आरोप छ ।

चिकित्सकहरुको संयुक्त संघर्ष समितिले सोमबार अस्पतालमा भएको तोडफोडको निन्दा गरेको छ ।
राजनीतिक दलका नाममा भएको तोडफोडको निन्दा गर्दै संयुक्त संघर्ष समितिले घटनाका दोषीलाई कानून बमोजिम तत्काल कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  १२ : २५ बजे

कांग्रेस केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसले पार्टी केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक बोलाएको

सुनसरीका संवेदनशील क्षेत्रमा अनिश्चितकालीन कर्फ्यु, इनरुवा बजारसहित महेन्द्र राजमार्ग आसपास निषेध

काठमाडौं । सुनसरीको कप्तानगञ्ज घटनापछि उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र