२० असार २०८३, शनिबार | July 4, 2026

नेकपा (एस) दर्ता विरुद्धमा परेको रिटमा सर्वोच्चले दियाे दुबै पक्षलाई झिकाउने आदेश



काठमाडौँ । निर्वाचन आयोग सहित प्रतिनिधिसभा र लुम्बिनी प्रदेशभिाका सभामुख विरुद्ध नेकपा एमालेको अध्यक्ष केपी शर्मा ओलीले दायर गरेको रिटमा सर्वोच्च अदालले दुवै पक्षलाई झिकाउने आदेश दिएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको एकल इजालासले सो रिटमाथि सुनुवाई गर्दै दुबै पक्षलाई झिकाउने आदेश गरेको हो ।

पार्टीले कारवाही गरेर निष्काशन गरेको सांसदहरुलाई पदमुक्त गर्न पठाएको आधिकारीक पत्र कार्यान्वयन नगरेको भन्दै प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा र लुम्बिनी प्रदेशको सभामुख पूर्णबहादुर घर्तीविरुद्ध गत गत बुधबार रिट दायर गरेको थियो । त्यसैगरी कारवाहीमा परेका नेताहरुको दस्तखत सनाखत गरि नेकपा (एस) दर्ता गरेको अभियाग दगाउँदै निर्वाचन आयोगलाई समेत सो रिटमा विपक्षी बनाइएको थियो । एमालेले एकिकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित १४ र लुम्बिनीका २ सांसद पदमुक्त गर्ने पार्टीको निर्णय भन्दै कार्यान्वयनका लागि प्रतिनिधिसभा र लुम्बिनी प्रदेशसभालाई पत्राचार गरेको थियो ।

प्रधानन्यायाधीश राणाको इजालासले उक्त रिटमा अन्तरिक आदेश दिने–नदिनेबारे छलफल गर्न २८ गते दुवै पक्षलाई झिकाउन आदेश दिएको हो ।

त्यस्तै एकीकृत समाजवादीको दर्ता गैरकानूनी भएको भन्दै बदर गर्न माग सहित निर्वाचन आयोगमाविरुद्ध परेको रिटमा आयोगसँग लिखित जबाफ मागेको छ । आदेशमा १५ दिनभित्र निर्वाचन आयोगसँग लिखित जबाफ मागिएको छ । जबाफ आएको तेस्रो दिनदेखि निरन्तर सुनुवाइ हुने समेत प्रधानन्यायाधीसको आदेशमा उल्लेख छ ।

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  २ : ३८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी