२५ चैत्र २०८२, बुधबार | April 9, 2026

प्रचण्डको घोषणा : अहिलेकै अवस्थामा एमसीसी पास हुँदैन



काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तत्कालै एमसीसी पास नहुने दाबी गरेका छन् ।

मंगलबार पार्टीको रणनीतिक सहायक संगठन योङ कम्युनिष्ट लिग नेपाल (वाईसीएल) को पहिलो केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले
नेपालले सोधेका प्रश्नको जवाफ अमेरिकाले नदिएसम्म एमसीसी पास नहुने बताएका हुन् ।

प्रचण्डले राष्ट्र र राष्ट्रियतामाथि उठ्ने प्रश्नमा माओवादी केन्द्रले सहमति नजनाउने स्पष्ट पारे । उनले भने, ‘हामीले एमसीसीबारे अमेरिकालाई कुटनीतिक नोट पठाएका छौँ, त्यसको जवाफ आएन । जवाफ नआएपछि एमसीसी पास हुने कुरा हुँदैन ।’

अध्यक्ष प्रचण्डले अहिलेको शासन प्रणालीमाथि प्रश्न उठिरहेकाले माओवादीले त्यसबारे सोच्नुपर्ने बताए । उनले आगामी पुसमा हुने पार्टीको राष्ट्रिय सम्मेलनसँगै नयाँ आन्दोलनको आँधीबेहरी सिर्जना गर्नुपर्ने अवस्था आउने बताउँदै त्यसका लागि तयारी गर्न आग्रह गरे । प्रचण्डले वाईसीएललाई एकीकृत र एकढिक्का भएर अघि बढ्न निर्देशन दिए ।

प्रचण्डले पार्टी संसदवादमा फस्दै गएकोमा चिन्ता समेत व्यक्त गरे ।

यसैबीच वाईसीएलले केन्द्रीय कमिटीबाट संयोजक र सहसंयोजक तोकेको छ । मंगलबार बसेको केन्द्रीय समिति बैठकले संयोजकमा सुमन देवकोटा चयन भएका छन् भने सहसंयोजकमा सुबोधराज शेर्पाली चुनिको हो । बैठकले केन्द्रीय कमिटीलाई राष्ट्रिय सम्मेलन आयोजक समितिमा रुपान्तरण गरेको छ । केही दिनअघि सम्पन्न राष्ट्रिय भेलाले वाईसीएलको कन्द्रीय समिति चयन गरेको थियो । तर, नेतृत्वमा विवाद भएका कारण अध्यक्षसहितको पदाधिकारी चयन गर्न सकेको थिएन ।

 

 

प्रकाशित मिति : २२ भदौ २०७८, मंगलबार  ४ : २५ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास