६ पुस २०८२, आइतबार | December 21, 2025

अदालतबाट भागेका थुनुवा पक्राउ



काभ्रेपलाञ्चोक । दुई हप्ताअघि वकपत्रका लागि जिल्ला अदालत धुलिखेल लैजाँदा प्रहरीलाई झुक्याएर परिसरबाटै भागेका थुनुवालाई पक्राउ गरिएको छ ।

चोरी, डाँका मुद्दामा संलग्न भई जिल्ला कारागार धुुलिखेलमा रहेका खानीखोला गाउँपालिका-६ का सुनिल वाइवालाई भक्तपुरको ठिमीबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

यही भदौ ९ गते अदालत परिसरबाट भागेका थुनुवा वाइवा काभ्रेपलाञ्चोक र भक्तपुरको सीमा साँगासम्म हिँडेर त्यहाँबाट गाडी चढी भक्तपुरतर्फ गएको अनुसन्धानबाट खुलेको प्रहरीद्वारा आज आयोजित पत्रकार सम्मेलनमा प्रहरी उपरीक्षक भूपेन्द्रबहादुर खत्रीले जानकारी दिए । उनका अनुसार लुकीछिपी भक्तपुर बसेका वाइवालाई मदिरा खरिद गर्ने भनी ठगी गरिरहेको अवस्थामा थिमि प्रहरीले पक्राउ गरेको हो ।

साथी मनिष श्रेष्ठलाई फोन गरेपछि श्रेष्ठको फोन ‘ट्रयाकिङ’ गरी वाइवालाई पक्रन प्रहरी सफल भएको थियो । वाइवालाई पक्राउ गर्न सीमानाका तथा उनका आफन्त रहेको २ नं प्रदेशस्थित घरमा समेत निगरानी बढाइएको प्रहरीले जनायो । वाइवालाई थिमि प्रहरीले ठगी तथा आपराधिक विश्वासघातमा मुद्दा चलाएको छ ।

उक्त मुद्दा किनारा लागेलगत्तै थिमि प्रहरीले काभ्रेपलाञ्चोक प्रहरीलाई बुझाएपछि मात्रै थप कारबाही हुने प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनलाई आजै सनाखतका लागि काभ्रेपलाञ्चोक कारागार ल्याइएको थियो ।

प्रकाशित मिति : २३ भदौ २०७८, बुधबार  ८ : ५० बजे

सभापति लामिछानेलाई रास्वपा पार्टी कार्यालयमा बाजागाजासहित स्वागत

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई पार्टीको

मिराज ढुङ्गाना समूहद्वारा भोलिदेखि देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं । जेनजी मिराज ढुङ्गाना समूहले भोलिदेखि देशव्यापी शान्तिपूर्ण आन्दोलन

नेप्से परिसूचकमा १९ अङ्कको गिरावट

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा दोहोरो अङ्कको गिरावट

हप्तामा एक दिन कर्मचारीहरूलाई परम्परागत पोशाक लगाउने व्यवस्थाबारे सोच्न सकिने : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सरकारी कार्यालयहरूमा हप्तामा कम्तीमा एक

आफै कार्यरत अस्पतालको पाँचौ तलाबाट खसेर इन्टर्न डाक्टर अमित यादवको मृत्यु

विराटनगर । विराटनगरस्थित नोबेल मेडिकल कलेजमा कार्यरत ‘इन्टर्न डाक्टर’को अस्पताल