१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

हरितालिका तीजले समतामुलक समाज निर्माण गर्न प्रेरणा मिलोस् : राष्ट्रपति भण्डारी



काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले हरितालिका तीजले समाज र राष्ट्रलाई समेत भावनात्मक एकताको सुत्रमा आबद्ध गर्न मद्दत पुर्‍याउने विश्वास व्यक्त गरेकी छन ।

हरितालिका तीज २०७८ का अवसरमा शुभकामना सन्देश दिँदै उनले तीज पर्वले चेली-माइती, साथी-सङ्गी, परिवार एवं आफन्तजनबीचको सम्बन्धलाई प्रगाढ बनाउने बताएकी छन ।

तीज पर्वको मौलिकतालाई कायम राख्दै यसको सांस्कृतिक महत्वको जगेर्ना गर्न यो पर्व मनाउने सन्दर्भमा देखिने भड्किलो र खर्चिलोपनलाई हटाउँदै जानु आवश्यक रहेको राष्ट्रपतिको भनाइ छ ।

‘सांस्कृतिक र धार्मिक पर्वका रूपमा हरितालिका तीजको नेपाली समाजमा महत्त्वपूर्ण स्थान रहेको छ, भाद्र शुक्ल द्वितीयादेखि पञ्चमीसम्म चार दिन मनाइने यस पर्वमा आफ्नो र आफ्नो परिवारजनको कल्याणको लागि तृतीयाका दिन शिव-पार्वतीको र पञ्चमीका दिन सप्तऋषिको पूजा, उपासना गर्नाले मनोकामना पूरा हुने विश्वास रहिआएको छ,’ उनले सन्देशमा भनेकी छन ।

शुभकामना सन्देशमा राष्ट्रपति भण्डारीले भनेकी छन्, ‘विवाहपश्चात् महिलाहरू आफ्नो जन्मघर, मातापिता, भाइबहिनी, इष्टमित्र र समाजलाई छोडेर कर्मघरमा जीवन बिताउँदा आउने माइतीको यादलाई कमी गर्ने एउटा अवसरका रूपमा समेत तीज पर्वलाई महिलाहरूले लिएको पाइन्छ ।’

राष्ट्रपतिले तीजले समाजमा विद्यमान महिलाविरुद्ध हुने सबै प्रकारका विभेद र असमानताको अन्त्य गर्दै सभ्य, समतामूलक एवं प्रगतिशील समाजको निर्माण गर्न सबैलाई प्रेरणा प्रदान गरोस् भनी कामना गरेकी छन ।

उनले कोभिड-१९ संक्रमणबाट जोगिन जनस्वास्थ्यका मापदण्डको पालना गर्न पनि सबैमा आह्वान गरेकी छन ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  ७ : १८ बजे

२७०० अंकमुनि झर्यो नेप्से परिसूचक, कारोबार रकम पनि घट्यो

काठमाडौँ, १२ साउन स् धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से

नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको मंगलबार उपचारका

एमबीएस प्रश्नपत्र आउट प्रकरण : थप दुई पक्राउ, पक्राउ पर्ने संख्या चार पुग्यो

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) अन्तर्गतको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र

अवरुद्ध नारायणगढ–मुग्लिन सडक सञ्चालनमा

चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन नजिकै सुक्खा पहिरो खसेपछि अवरुद्ध

बाँकेमा अखाद्य वस्तुको कारोबार गर्ने दुई व्यवसायीलाई जरिवाना र सजाय

नेपालगन्ज । बाँके जिल्ला अदालतले खाद्य स्वच्छता तथा गुणस्तर ऐनविपरीत