२५ चैत्र २०८२, बुधबार | April 8, 2026

एमसीसी उपाध्यक्ष फतेमा सुमार आइपुगिन काठमाडौं



काठमाडौं । अमेरिकी सहयोग नियोग ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ (एमसीसी) उपाध्यक्ष फतेमा जे सुमार काठमाडौं आइपुगेकी छिन् ।

एमसीसी उपाध्यक्ष सुमार र नायव उपाध्यक्ष जोनाथ बु्रुक्स कतार एयरलाइन्सको विमानमार्फत काठमाडौं आइपुगेका हुन् । डिपार्टमेन्ट अफ कम्प्याक्ट अपरेसन्सकी उपाध्यक्ष सुमार नेपालमा चार दिन बस्नेछिन् ।

सुमारले काठमाडौंमा प्रधानमन्त्री शेरबहादुर देउवा, अर्थमन्त्री जनार्दन शर्मा, उर्जामन्त्री पम्फा भुसाललगायत राजनीतिक दलका नेताहरुसँग भेट गर्नेछिन् । सुमारले एमसीसीबारे नेताहरुसँग छलफल गर्नेछिन् । नेपालका राजनीतिक दलहरुमा एमसीसीबारे एकमत नभएको र जनस्तरमा व्यापक विरोधका बीच सुमारको नेपाल भ्रमण अर्थपूर्ण मानिएको छ ।

एमसीसी हेडक्वाटरले हिजो मात्र नेपाल सरकारले पठाएका ११ वटा प्रश्नको विस्तृत जवाफ पठाएको थियो । जवाफमा एमसीसी नेपालको संविधानभन्दा माथि नरहेको, एमसीसी इन्डोप्यासिफिक स्ट्राटेजीको अंग नरहेको र एमसीसी सम्झौता परिमार्जन हुन नसक्ने लगायतका विषय समेटिएको छ ।

हिजोबाटै सुरु भएको संसद अधिवेशनबाट एसीसी सम्झौता अनुमोदन गर्ने योजनामा प्रधानमन्त्री शेरबहादुर देउवा रहेका छन् ।

सुमार विमानस्थलमा आइपुग्दा विमानस्थल र आसपासको क्षेत्रको सुरक्षाव्यवस्था कडा तुल्याइएको थियो ।

 

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  १० : ०९ बजे

पूर्वप्रधानमन्त्री देउवाद्वारा आफ्नो सम्पत्तिबारेमा झुटो प्रचारबाजी गरिएको गुनासो

काठमाडौँ । नेपाली कांग्रेसका निवर्तमान सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले

चैत्र २७ गते संघीय संसदको संयुक्त बैठकलाई राष्ट्रपतिबाट सम्बोधन हुँदै

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले चैत २७ गते शुक्रबार संघीय

संविधान संशोधन बहसपत्र कार्यदलको पहिलो बैठक सम्पन्न, सहमतिको आधारमा अघि बढ्ने निर्णय

काठमाडौं । संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको पहिलो बैठक

बुटवलमा स्वरूप परिवर्तन गरी ग्राहक ठग्ने ९ ओटा मालवाहक सवारी नियन्त्रण

बुटवल । इलाका प्रहरी कार्यालय बुटवलले स्वरूप परिवर्तन गरी ग्राहक

अन्तर रोटरी, रोटयाक्ट क्लबस्तरीय भलिबलको तयारी पुरा

बुटवल । रोटरी र रोट्याक्ट क्लबहरु बिचमा खेलमार्फत भातृत्व विकास