५ पुस २०८२, शनिबार | December 20, 2025

कांग्रेस प्रवक्ता शर्माद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा



काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आगामी १४औं महाधिवेशनमा महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

बिहीबार १०८औँ बीपी स्मृति दिवसका अवसरमा सुन्दरीजलमा आयोजित कार्यक्रममा प्रवक्ता शर्माले महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् ।

बिपीले रोपेको कपुरको बोटनजिकै उभिएर शर्माले उम्मेदवारीको घोषणा गर्दै पार्टीलाई आगामी तीनवटा निर्वाचनमा विजयी बनाउने दाबी गरे । १३औं महाधिवेशनबाट केन्द्रीय सदस्यमा निर्वाचित शर्माले देशलाई नयाँ बाटो दिने सपना आफुसँग रहेको बताए ।

शर्मा नेवि संघका पूर्वअध्यक्ष समेत हुन् । कांग्रेस सभापति शेरबहादुर देउवाले शर्मालाई २०७४ सालमा पार्टी प्रवक्ताको जिम्मेवारी दिएका थिए ।

शर्माले सुन्दरीजलमा बिपीले रोपको कपुरको बोट नजिकै रुद्राक्षको बोट रोपेका छन् ।

प्रकाशित मिति : २४ भदौ २०७८, बिहिबार  २ : ०९ बजे

पशुपति क्षेत्रका सम्पदा सफाइ अभियान सुरु

काठमाडौँ । विश्वसम्पदा सूचीमा सूचीकृत पशुपति क्षेत्रमा नियमित सफाइ अभियान

राष्ट्रिय सहमति भए विद्युतीय मतदानको व्यवस्था गर्न सकिन्छः मन्त्री खरेल

ललितपुर । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले आगामी फागुन

दार्चुलामा भूकम्पको धक्का

दार्चुला । दार्चुलामा आज साँझ ८ बजेर ३६ मिनेटमा भूकम्पको

नेपालगन्जका सात वडा कार्यालय भवनविहीन

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिकाका सात वडा कार्यालय भवनविहीन अवस्थामा सेवा

नेपालगन्जमा सुरु भयो ‘क्रस बोर्डर टुरिजम कन्क्लेभ’, ४० बढी भारतीय टुर अपरेटर सहभागी

नेपालगन्ज ‌। नेपालगन्जमा शनिबारदेखि तीन दिने क्रस बोर्डर टुरिजम कन्क्लेभ