६ बैशाख २०८१, बिहिबार | April 19, 2024

मन्त्रिपरिषद् पूर्णता र एमसिसीका विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्दै



काठमाडौं । मन्त्रिपरिषदलाई पूर्णता दिन तथा अमेरिकी सरकारको मिलिनियम च्यालेन्ज कर्पोरेसन ९एमसिसी० मा केन्द्रित छलफल गर्न सत्ता गठबन्धनको बैठक आज बस्दैछ ।

गठबन्धनका पाँच दल कांग्रेस, माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताको बैठक बिहान ९ बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्दैछ । प्रधानमन्त्री शेरबहादुर देउवाको सचिवालयले बैठकको पुष्टि गरेको छ ।

सरकार गठन भएको करिब दुई महिना पुग्नै लाग्दा पनि मन्त्रिपरिषद्लाई पूर्णता दिन नसकेको गठबन्धनले सम्भवतः आज पूर्ण दिने जनाइएको छ । सरकारलाई पूर्णता दिने बारेमा यसअघि गठबन्धनका नेताहरू पटक-पटक छलफलमा जुटे पनि अहिलेसम्म पूर्णता दिन सकेका छैनन् ।

तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले ३० असार २०७६ मा प्रतिनिधिसभा सचिवालयमा दर्ता गराएको एमसिसी पारित गर्ने या नगर्ने भन्ने विषयमा पनि सत्ता गठबन्धनका नेताले बैठकमा साझा धारणा बनाउने बालुवाटार स्रोतले जनाएको छ ।

दलहरूबीच सहमति हुन नसक्दा संसदबाट अनुमोदन हुन नसकेका बेला एमसिसीकी उपाध्यक्ष फतिमा सुमार नेतृत्वको टोली पनि बिहीबारदेखि काठमाडौंमा छ ।

कांग्रेस र जसपा एमसिसी पास गर्ने पक्षमा छन् भने माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका केही नेताहरू संशोधन हुनुपर्ने अडानमा छन् ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ३५ बजे

मुनाफा नभए पनि टेलिकमले दूरदराजमा गुणस्तरीय सेवा दिनुपर्छ : मन्त्री शर्मा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले मुलुकको समृद्धिमा

लुम्बिनी प्रदेशका नवनियुक्त मन्त्रीहरुले लिए शपथ

बुटवल । लुम्बिनी प्रदेशमा नवनियुक्त मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दीर्घ सोडारी नियुक्त

धनगढी । एकीकृत समाजवादीका संसदीय दलका नेता दीर्घबहादुर सोडारी सुदूरपश्चिम

मधेश प्रदेशमा तीन मन्त्री र एक राज्यमन्त्रीले लिए शपथ

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले विहीवार मन्त्री परिषद

बुटवलको ड्रिम इन्टरनेशनल होटलले सर्वसाधारमा शेयर जारी गर्दै

बुटवल । बुटवलको ड्रिम इन्टरनेशनल होटलले साधारण शेयर (आईपीओ) जारी