२० असार २०८३, शनिबार | July 5, 2026

नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा, महाअधिवेशन अन्यौलमा



काठमाडौं । नेपाली काँग्रेस भित्र क्रियाशिल सदस्यको विवाद चर्कँदै गएपछि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । क्रियाशिल सदस्य विवादका कारण २० जिल्ला बढीमा वडा, क्षेत्र र जिल्ला अधिवेशनहरु हुन नसक्ने अवस्था आएपछि संयोजक यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइ जिल्लाहरुमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको कारण देखाउँदै यादवले राजीनामा दिएका काँग्रेस उच्च स्रोतले दाबी गरेको छ । काँग्रेसको कन्द्रीय समितिले भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा अधिवेशनबारे अन्योलता कायमै छ ।

निर्धारित समयमा वडा अधिवेशन हुन नसकेकै कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने निश्चित भएको छ ।

काँग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।

महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले राजीनामा दिएका छन् । यादवको राजीनामा काँग्रेस अभिवेशनको सन्दर्भमा दोस्रो हो । यसअघि अनावश्यक दबाब आएको भन्दै राधेश्याम अधिकारीले पनि गत चैत १६ गते निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।

यादवको राजीनामाले काँग्रेस महाधिवेशन थप अन्योलमा परेको छ ।

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  ८ : ५८ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी