१९ बैशाख २०८१, बुधबार | May 1, 2024

नेपाली काँग्रेस निर्वाचन समितिका संयोजक यादवले दिए राजीनामा, महाअधिवेशन अन्यौलमा



काठमाडौं । नेपाली काँग्रेस भित्र क्रियाशिल सदस्यको विवाद चर्कँदै गएपछि निर्वाचन समितिका संयोजक महादेवप्रसाद यादवले राजीनामा दिएका छन् । क्रियाशिल सदस्य विवादका कारण २० जिल्ला बढीमा वडा, क्षेत्र र जिल्ला अधिवेशनहरु हुन नसक्ने अवस्था आएपछि संयोजक यादवले विहीबार पार्टी कार्यालय सानेपामा निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका हुन् ।

पार्टी नेतृत्वले क्रियाशील सदस्यता विवाद नटुङ्ग्याइ जिल्लाहरुमा निर्वाचन सम्पन्न गर्न निर्वाचन समितिमाथि अनावश्यक दबाब दिएको कारण देखाउँदै यादवले राजीनामा दिएका काँग्रेस उच्च स्रोतले दाबी गरेको छ । काँग्रेसको कन्द्रीय समितिले भदौ १८ गते वडा अधिवेशनको मिति तोकिए पनि क्रियाशील सदस्यता विवादका कारण २० जिल्लामा अधिवेशनबारे अन्योलता कायमै छ ।

निर्धारित समयमा वडा अधिवेशन हुन नसकेकै कारण भदौ २७ गते पालिका अधिवेशन, असोज १ गते प्रदेशसभा क्षेत्रीय अधिवेशन र असोज ५ गते प्रतिनिधिसभा क्षेत्रीय अधिवेशन÷एक मात्र प्रतिनिधिसभा निर्वाचन क्षेत्र भएको जिल्ला अधिवेशनको कार्यतालिकासमेत प्रभावित हुने निश्चित भएको छ ।

काँग्रेस केन्द्रीय समितिले प्रदेश अधिवेशन कात्तिक १० देखि १२ गतेसम्म र केन्द्रीय महाधिवेशन आगामी मङ्सिर ९ देखि १३ गतेसम्म तय गरिसकेको छ ।

महाधिवेशन प्रक्रिया जारी रहेका बेला यादवले राजीनामा दिएका छन् । यादवको राजीनामा काँग्रेस अभिवेशनको सन्दर्भमा दोस्रो हो । यसअघि अनावश्यक दबाब आएको भन्दै राधेश्याम अधिकारीले पनि गत चैत १६ गते निर्वाचन समितिको संयोजकबाट राजीनामा दिएका थिए ।

यादवको राजीनामाले काँग्रेस महाधिवेशन थप अन्योलमा परेको छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ८ : ५८ बजे

बुटवल उपमहानगर अन्तर्गतका बिद्यालयहरुमा २ दिन गर्मी बिदा

बुटवल । अत्याधिक गर्मी बढेको भन्दै बुटवल उपमहानगरले २ दिनका

बाँकेमा आगलागीबाट रु २५ लाख बराबरको क्षति

नेपालगन्ज । बाँकेको राप्तीसोनारी गाउँपालिका–८ स्थित बालापुरमा आज भीषण आगलागी

साढे चार प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्छौं : अर्थमन्त्री पुन

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले मुलुकको अर्थतन्त्र शिथिलताबाट बाहिर आउन

लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ नेपाल’ को सेवा शुभारम्भ

बुटवल । लुम्बिनी प्रदेशमा पहिलो पटक राइड शेयरिङ एप ‘इ-ड्राइभ

पाल्पामा जबरजस्ती करणी गरेको अभियोगमा ७५ वर्षीय वृद्ध पक्राउ

पाल्पा । १२ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा रम्भा