२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

एमसीसी उपाध्यक्ष सुमारले भेटिन प्रचण्डलाई, अनुमोदन प्रक्रिया अघि बढाउन आग्रह



काठमाडौं । चार दिने नेपाल भ्रमणमा रहेकी अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट तीव्र पारेकी छन् ।

प्रमुख प्रतिपक्ष एमाले अध्यक्ष केपी ओलीलाई भेटेर राजनीतिक भेट यात्रा थालेकी उनी सत्तारुढ माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई भेट्न शुक्रबार बिहान खुमलटार पुगिन ।

भेटका क्रममा उपाध्यक्ष सुमारले एमसीसी पारित हुने विश्वसनीय वातावरण बनाउन आग्रह गरेकी छिन् । सुमारले एमसीसी नेपालको संविधान र राष्ट्रिय हित भन्दा बाहिर नरहेको भन्दै प्रचण्डलाई विश्वस्त गराउने प्रयास गरेकी छिन् ।

सुमारले आफू नेपाल कुनै दबाबका लागि नभई एमसीसीबारे स्थिति बुझ्न आएको बताएकी थिइन । यसबारे राजनीतिक दलहरूले नै निर्णय गर्ने बताउँदै उनले सकारात्मक निर्णय हुनेमा आफु आशावादी रहेको धारणा राखेकी थिइन ।

अध्यक्ष प्रचण्डले एमसीसी नेपालमा राष्ट्रिय बहसको विषय बनिसकेको बताउँदै राष्ट्रिय सहमतिबाट मात्रै यसलाई अघि बढाउनुपर्ने आफ्नो पार्टीको धारणा रहेको बताएका थिए । प्रचण्डले एमसीसीको विषयमा नेपालका सबै राजनीतिक दलहरूबीच सहमति बनाएर अगाडि बढ्न सकिने बताएको उनको सचिवालयले जनाएको छ । प्रचण्डले देशको अग्रगमनको संवाहक वर्तमान गठबन्धनलाई बलियो बनाउनु अहिलको प्रमुख प्राथमिकता रहेको पनि बताएका थिए ।

उपाध्यक्ष सुमारले बिहीबार नै एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जनता समाजवादीका अध्यक्षद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवसँग पनि भेट गरेकी थिइन् ।

सुमारले आजै प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट गर्दैछिन् । यस्तै अर्थमन्त्री जनार्दन शर्मा र उर्जामन्त्री पम्फा भुसाललाई पनि भेट्ने कार्यक्रम छ ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ९ : २८ बजे

नेपालको वित्तीय क्षेत्रको सुदृढीकरणका लागि विश्वबैंकले ८० मिलियन डलर ऋण दिने

काठमाडौं। विश्व बैंकको कार्यकारी निर्देशक बोर्डले नेपाललाई वित्तीय क्षेत्रको स्थायित्व

गण्डकीका मुख्यमन्त्रीले पाएको विश्वासको मतको विरुद्ध सर्वोच्चमा रिट दायर

काठमाडौं। गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले पाएको विश्वासको मत बारे सर्वोच्च

रुसका राष्ट्रपति पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको शपथ लिदै

काठमाडौं । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले आज पाँचौं पटक राष्ट्रपतिको

विदेशीन रहर गर्ने युवाहरुलाई उदाहरण प्रस्तुत गर्दै टिकापुरका युवाहरु

टिकापुर । विदेश गएर जुठो भाँडा माझ्नु, चौकिदारी गर्नु, अर्काको

विद्युतीय चुरोटमा प्रतिबन्ध लगाउने तयारीमा सरकार

काठमाडौं । सरकारले विद्युतीय चुरोट (भेप)मा प्रतिबन्ध लगाउने प्रक्रिया सुरु