२९ भदौ २०८३, सोमबार | September 14, 2026

युवालाई आत्मनिर्भर बनाउन नबिल बैंकको साझेदारी



काठमाडौ । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद र , पञ्चेश्वोर गाउँपालिका बैतडीसगँ त्रिपक्षीय समझदारी गरेको छ ।

यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्धारा दिगो आर्थिक विकासमा योगदान गर्न बकैंले लक्ष्य लिएको हो ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगँे बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषिमा व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यस कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ०८ बजे

सहयोग गर्ने नाममा गैरकानुनी रूपमा असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन

काठमाडौँ । गृह मन्त्रालयले सहजीकरण एवं प्रभावकारी सेवा प्रवाहका सम्बन्धमा

विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्जका मेयर सिंह पुनःबहाल

वीरगञ्ज। विशेष अदालतबाट सफाइ पाएपछि वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख राजेशमान सिंह

प्रसिद्ध गायक उदितनारायणको परिवारद्वारा विपद् कोषमा सहयोग

काठमाडौँ । विश्वप्रसिद्ध गायक उदितनारायण झाको परिवारले बाढी तथा पहिरोबाट

कांग्रेस इतर पक्षले गरे संस्थापन पक्षको महाधिवेशनमा सहभागी नहुन कार्यकर्ताहरुलाई अपिल

काठमाडौँ । नेपाली कांग्रेसको संस्थापनइतर पक्षले आगामी मङ्सिर २१ देखि

प्रधानमन्त्री राहत कोषमा रु १३ अर्ब ६८ करोड मौज्दात

काठमाडौं । प्रधानमन्त्री राहत कोषमा आर्थिक सङ्कलन बढ्दै गएको छ