१४ कार्तिक २०८३, शनिबार | October 31, 2026

युवालाई आत्मनिर्भर बनाउन नबिल बैंकको साझेदारी



काठमाडौ । नबिल बैंकले युवा उद्यमशिलता र स्वरोजगार प्रवद्धन गरि युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद र , पञ्चेश्वोर गाउँपालिका बैतडीसगँ त्रिपक्षीय समझदारी गरेको छ ।

यस समझदारी अन्तर्गत सुुदुरपश्चिम प्रदेश, बैतडी जिल्लाको पञ्चेश्वोर गाउँपालिकामा स्थानिय युवाहरुलाई उद्यमशिलता विकास र वित्तीय साक्षरताको आधारभूत तालिम प्रदान गरि उद्यमका लागि सक्षम बनाउन र उद्यम परियोजनाका आधारमा वित्तीय पहुँच पुराइ देशभित्रै युवा उद्यम प्रवर्दधन तथा रोजगारी सृजनाद्धारा दिगो आर्थिक विकासमा योगदान गर्न बकैंले लक्ष्य लिएको हो ।

नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझा, राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्को तर्फबाट परिषद्का प्रशासकीय प्रमख डा. बाबुराम ढुङ्गाना र पञ्चेश्वोर गाउँपालिकाका तर्फबाट गाउँपालिका अध्यक्ष गोरख बहादुर चन्दले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

सरकारको दिगो विकासको लक्ष्यलाई सघाउन नबिलले विपन्न वर्गलाई लक्षित गरि दिगँे बैंकिङ कार्यक्रम सार्वजनिक गरेको हो । बैंकले ग्रामिण क्षेत्रमा वित्तीय पहुच न्युन भएका वर्गलाई कृषिमा व्यवसायिकरण र उद्यमशिलता विकासको लागि ल्याएको यस कार्यक्रम सुरुमा १७ वटा दुर्गम शाखाहरुबाट संचालन गरि बैंकले नबिल किसान कर्जा र नबिल उद्ममशिल कर्जा प्रवाह गर्दै आएको छ ।

 

प्रकाशित मिति : २५ भदौ २०७८, शुक्रबार  २ : ०८ बजे

दिवङ्गत श्रीमतीको स्मृतिमा गलेश्वरमा सामुदायिक भवन निर्माण

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–९ स्थित धार्मिकस्थल गलेश्वर शिवालय मन्दिर

रास्वपाले भन्यो, ‘न्यायालयका पुनर्संरचना हुन्छ तर संसदवाट’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले न्यायालयमा देखिएका विकृति, विसङ्गति

सञ्चारकर्मीमाथि भएको व्यवहारको छानबिन गरी दोषीमाथि कारबाही गर्न रास्वपाको निर्देशन

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पत्रकार सञ्चारकर्मीमाथि समाचारका विषयलाई लिएर

कांग्रेसले बोलायो विशेष बैठक

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले पछिल्ला समसामयिक घटनाक्रमबारे