२२ बैशाख २०८१, शनिबार | May 4, 2024

नेपाल औषधी ब्यवसायी संघ रुपन्देहीको कार्यशाला : १० लाखको ब्यवसायिक हित कोष खडा गर्ने घोषणा



बुटवल । नेपाल औषधी ब्यवसायी संघ जिल्ला शाखाको आयोजनामा पदाधिकारी तथा सदस्यहरुलाई शुक्रबारदेखि दुई दिने वार्षिक कार्य योजना कार्यशाला तथा ब्यवस्थापकिय क्षमता अभिवृद्धि तालिम लुम्बिनीमा शुरु भएको छ ।

गुणयुक्त असरयुक्त जनसुरक्षित औषधिको आपूर्ति हाम्रो प्रतिवद्घता नारासहित स्थापना भएको संघले ब्यवसायिहरुको दक्षता अभिवृद्धि गर्नेसंगै वर्षभरि संघबाट गरिने कार्यक्रमको योजना बनाउने उदेश्यका साथ शुक्रबारदेखि कार्यशाला शुरु गरेको हो । नेपाल औषधी ब्यसायी संघ निवर्तमान केन्द्रीय अध्यक्ष बाबुराम भट्टराईले कार्यशालाको उद्घाटन गर्दै ब्यवसायसंगै सामाजिक कार्यमा संघको पहिचान भएको बताए ।

नेपाल औषधी ब्यवसायी संघका केन्द्रीय उपाध्यक्ष सुनिल श्रेष्ठले प्रदेश र जिल्लाका सदस्यहरु सहभागी भएको तालिमको मुलभुत उद्देश्य हासिल हुनेमा आशाबादी रहेको बताए । ब्यवसायीको नविकरण र औषधीको मुल्यको विषयमा रहेको समस्या समाधानमा सरकारको ध्यान नगएको उनले दुखेसो गरे ।

संघका जिल्ला अध्यक्ष सुरज भट्टराईले महिना अघिदेखि प्रि वर्कसप गरेर तयार गरिएको विषय बस्तुलाई तालिममा प्रस्तुत गरिएको बताए । कार्यशालामा ब्यवसायिक हित कोष खडा गर्ने समेत उनले जानकारी दिए । ब्यवसायीहरुबाट स्वतस्फूर्त रुपमा सहयोग उठाएर न्युनतम १० लाखको कोष बनाउने तयारी गरिएको उनले बताए ।

औधोगिक ब्यवसाय विकास प्रतिष्ठानका मुकुन्द ज्ञवालीले कार्यशालामा सहभागीलाई प्रमुख प्रशिक्षक तथा नेपाल औषधी ब्यवसायी संघ केन्द्रीय खुद्रा उपाध्यक्ष राम प्रसाद खरेल, प्रदेश अध्यक्ष शिव ज्ञवाली, विशेष सल्लाहकार डा. रोहित राज क्षेत्रीले सहजिकरण गरि सहयोग गरेका थिए ।

कार्यक्रममा लोकहरि श्रेष्ठ, सल्लाहकार अमृत सुवेदी, प्रदेश सदस्य थानेश्वर ज्ञवाली, थानेश्वर अर्याल, विष्णु प्रसाद भट्टराई, वैकुण्ठ कोईराला, प्रभा, विज्ञान श्रेष्ठ, संघका जिल्ला उपाध्यक्ष खड्ग बस्नेतले समाजमा सफलता प्राप्त गर्न ब्यवहारिक ज्ञान आवश्यक हुने भन्दै अध्ययनको डिग्रिबाट यो प्राप्त हुन नसक्ने धारणा राखेका थिए ।

यसैगरि हरेक क्षेत्रमा सदुपयोग महत्वपूर्ण हुने दाबी गर्दै रकम, समय जुनसुकै सदुपयोग हुन सकेमात्र त्यसको प्रतिफल आउने उनिहरुको तर्क थियो । दुई दिने तालिम आयोजनाका लागि संघका क‍‍ोषाध्यक्ष कृष्ण प्रसाद भट्टराई, सहकोषाध्यक्ष माधव खनाल, कपिल ज्ञवाली, मुकुन्द ज्ञवाली, गणेश सेढाई, लुम्बिनी परिसर भ्रमण संयोजक केदार नेपाल, असोक क्षेत्रीले विभिन्न कार्यहरुमा रहेर तालिम संचालनमा सहयोग गरेका छन ।

प्रकाशित मिति : २५ भाद्र २०७८, शुक्रबार  ३ : ३८ बजे

वेस्ट इन्डिज ए विरुद्ध अनिल शाहले पनि बनाए अर्धशतक

काठमाडौं। अनिल शाहले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा गरेका

तातो हावा ‘लु’बाट जोगाउन घरदैलो अभियान

नेपालगन्ज । नेपालगन्ज उपमहानगरपालिका क्षेत्रअन्तर्गतका स्थानीयलाई तातो हावा ‘लु’बाट जोगाउन

महाँकालको विकासका योजना नीति तथा कार्यक्रममा समेटिने छन् : प्रधानमन्त्री

ललितपुर । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले महाँकाल गाउँपालिकाको कृषि क्षेत्रको

वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक बनाएर आसिफ आउट

काठमाडौं । आसिफ सेखले वेस्ट इन्डिज ए विरुद्ध अर्धशतक पुरा

तिलोत्तमामा १ महिने क्रिकेट प्रशिक्षण प्रवर्द्धन सम्बन्धि नि:शुल्क तालिम शुरू

तिलोत्तमा । रूपन्देहीको तिलोत्तमा नगरपालिका वडा न ५ मा एकमहिने