२१ श्रावण २०८३, बिहिबार | August 6, 2026

नेपाली कांग्रेस तिलोत्तमामा न्यौपानेको नेतृत्वमा उम्मेदवारी घोषणा



बुटवल । नेपाली कांग्रेसको १४ औं महाधिवेशन अन्तर्गत वडा तहको अधिवेशन सकिए लगत्तै पालिकाको निर्वाचनको सरगर्मी बढेको छ ।

कांग्रेसको पालिकाको निर्वाचनको लागि रुपन्देहीको तिलोत्तमा नगर सभापतिको लागि नारायण न्यौपानेले उम्मेद्वारी घोषणा गरेका छन् ।

पार्टिका अग्रज र वरिष्ठ नेताहरुलाई साथमा राखेर उनले आफ्नो टिमको उम्मेदवार घोषणा गरे । यस्तै उपसभापतिमा अशोक कुमार क्षेत्री र मधुसुदन गैरे, सचिवमा प्रकाश गैरे र शोभा राना मगर, सहसचिवमा दिनेश कुँवर थारु र केशरी उपाध्यायले पनि उम्मेदवारी घोषणा गरेका हुन् ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा सभापतिका उम्मेदवार न्यौपानेले आफूले संगठनलाई चलयामान बनाउन उम्मेद्वारी घोषणा गरेको बताए । उनले पार्टी भित्रको गुटबन्दीलाई अन्त्य गरि संगठनलाई अनुशासित रुपमा चलायमान बनाउने प्रतिबद्धता व्यक्त गरे ।

न्यौपानेले अग्रजलाई सम्मान र भातृ संगठनहरुलाई प्रोत्साहन गर्ने विश्वास व्यक्त गरे । उनले आफूहरु कुनै गुट-उपगुट नभई साझा उम्मेद्वारी दिएको बताए ।

सो अवसरमा काँग्रेस रुपन्देहीका पुर्व जिल्ला सभापती रामचन्द्र ढकाल, बाबुराम राना, अष्ठभुजा पाठक, हेमराज अर्याल लगायले सफलताको शुभकामना दिएका थिए ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ८ : ५५ बजे

भारतमा मुख्यधारका सञ्चारमाध्यमप्रति अविश्वास बढ्दो

नयाँदिल्ली । भारतमा गत महिना भएको युवा नेतृत्वको विरोध प्रदर्शनले

देउवा साउन २६ मा स्वदेश फर्किने

काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा साउन

संसदीय समितिलाई अधिकारकर्मीको प्रश्न – अन्तर्राष्ट्रिय संस्थासँग होइन, सरकारसँग माग्नुस् जवाफ

काठमाडौं । सर्वोच्च अदालतका न्यायाधीशमाथि राजनीतिक दबाब परेको भन्ने आरोपबारे

कांग्रेस विशेष महाधिवेशनको वैधानिकतामाथि पुनः सुनुवाइ हुने

काठमाडौं । नेपाली कांग्रेसको आधिकारिकतासम्बन्धी विवादमा सर्वोच्च अदालतले यसअघि गरेको

नेप्से परिसूचक दोहोरो अङ्कले घट्यो

काठमाडौं । धितोपत्र बजारमा सेयर कारोबार मापन नेप्से परिसूचक आज