२१ चैत्र २०८२, शनिबार | April 4, 2026

प्रतिपक्षसँग एकपटक सल्लाह समेत नगरी छापामार शैलीमा बजेट ल्याइयो : एमाले



काठमाडौँ । एमालेको असोज ४ देखि ६ गतेसम्मका लागि तोकिएको विधान महाधिवेशन सरेको छ । शनिबार बसेको स्थायी कमिटी बैठकले विधान महाधिवेशन असोज १५ देखि १७ गतेका लागि सार्ने निर्णय गरेको हो ।

बैठकपछि पत्रकारहरुसँग कुरा गर्दै साबिक २०७५ जेठ २ अघिका प्रचार बिभाग प्रमुख योगेश भट्टराईले बैठकको निर्णयहरुका बारेमा जानकारी दिँदै बिधान महाधिवेशन सरेको जानकारी दिएका हुन् । प्रचार प्रमुख भट्टराईले प्रमुख प्रतिपक्षी नेकपा एमालेले सरकारले बलमिच्याई गर्दै नयाँ बजेट ल्याएको भन्दै बैठकले आपत्ति जनाएको बताए । आफ्नो सरकारले ल्याएको आर्थिक वर्ष २०७८र७९ को लोकप्रिय कार्यक्रम कटौती गरेको र हचुवाको भरमा कार्यक्रम थपेको भट्टराईले आरोप लगाए ।

बैठकले पार्टी विभाजनमा सभामुखको भूमिकालाई लिएर आफूहरुले विरोध गरिरहेका बेला सरकारले प्रतिस्थापन विधेयकमार्फत नयाँ बजेट ल्याउनु बलमिच्याई भएको ठहर गरेको उनले जानकारी दिए । ‘पूर्व सूचना नदिई प्रतिपक्षी दलसँग सरसल्लाह नगरी हठात र छापामार शैलीमा बजेट ल्याइएको छ,’ एमाले सचिव योगेश भट्टराईले भने ।

अघिल्लो सरकारले अघि सारेका कतिपय लोकप्रिय र सडक लगायतका विकास निर्माणका आयोजनालाई कटौती गरेको र हचुवाका भरमा आयोजना थपेको भन्दै एमाले प्रचार बिभाग प्रमुख भट्टराईले एमालेको गम्भिर आपत्ति रहेको बताए ।

 

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ६ : १५ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा