२९ मंसिर २०८२, सोमबार | December 15, 2025

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानद्धारा बागमती प्रदेश सरकारलाइ एक करोड मूल्य बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण



भैरहवा । भैरहवास्थित प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयलाई एक करोड मूल्य बराबरको स्वास्थ्य सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिष्ठानले कोरोना महामारीको समयमा प्रदेशका १३ वटै जिल्लाका स्वास्थ्य संस्थालाई सहयोग पुग्ने गरी सामाग्री हस्तान्तरण गरेको हो ।

स्वास्थ्य मन्त्रालयमा भएको एक कार्यक्रममा प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, भौतिक पूर्वाधार विकास मन्त्री केशवराज पाण्डे लगायतको उपस्थितिमा फाउण्डेशनका कार्यकारी निर्देशक स्वाती थापाले प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीलाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेकी हुन् ।

फाउण्डेशनले गाउन २ हजार ४ सय थान, फेस शिल्ड २ हजार ३ सय ३२ वटा, एननाइन्टी फाइप मास्स एक हजार ८ सय मास्क ८ हजार ४ सय, थर्मोमिटर २० थान, पीपीइ २ सय ७६ थान, ग्लोब्स एक लाख थान लगायतका विभिन्न सामग्री हस्तान्तरण गरेको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले नागरिकको स्वास्थ्यमा विशेष ध्यान दिन प्रदेशमा छुट्टै स्वास्थ्य मन्त्रालय निर्माण गरिएको बताइन् ।

प्रतिमान-नीमा स्मृति प्रतिष्ठानले बागमती प्रदेशको स्वास्थ्य मन्त्रालयलाई स्वास्थ्य सामग्री हस्तान्तरण कार्यक्रममा बोल्दे मुख्यमन्त्री शाक्यले स्वास्थ्यको गम्भिरतालाई ध्यानमा राखेर प्रदेशमा छुटै स्वास्थ्य मन्त्रालय बनाएको बताइन् ।

प्रदेश सरकारले तीनै तहका सरकारकाबीचमा पुलको काम गर्न सक्ने बताउँदै कोरोनाको महामारीको समयमा सरकार एक्लैले भन्दा पनि सबैको सहयोगबाट नियन्त्रण गर्न सक्ने उनले बताइन् । सरकारी र निजी क्षेत्र मिलेर कोरोना नियन्त्रणमा काम गरिने मुख्यमन्त्री शाक्यको भनाइ थियो ।

स्वास्थ्य सामाग्री हस्तान्तरणले प्रदेश सरकार खुसी भएको र यी सामग्रीको दुरुपयोग हुन नदिइकन सदुपयोग हुने बागमती प्रदेशका स्वास्थ्य मन्त्री प्रदिप कुमार कटुवाल क्षेत्रीले बताए ।

प्रतिष्ठानका कार्यकारी निर्देशक थापाले कोरोना महामारीको दोस्रो लहरमा संक्रमण न्यूनीकरण गर्न र तेस्रो लहरमा संक्रमणबाट बच्न सहयोग पुगोस् भन्ने उद्देश्यले स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको बताइन् । प्रतिष्ठानले सात प्रदेशमा करिब ८ करोडको स्वास्थ्य सामग्री सहयोग गरेको छ ।

प्रकाशित मिति : २६ भदौ २०७८, शनिबार  ११ : २९ बजे

बाँकेका किस्मत कक्षपतीले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी

खजुरा । नेकपा एमालेको ११ औँ राष्ट्रिय महाधिवेशनमा एमाले बाँकेका

एमाले महाधिवेशनमा ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा (उम्मेदवारको सूचीसहित)

काठमाडौँ । नेकपा एमालेको जारी ११औँ महाधिवेशनमा पार्टीको नेतृत्वका लागि

स्रोत नखुलेको लाखौ रकम सहित व्यवसायी सुनिलकुमार बनियाँ प्रहरी नियन्त्रणमा

नेपालगञ्ज । बाँके प्रहरीले बाँकेको नेपालगन्जबाट स्रोत नखुलेको लाखौं भारतीय

एमालेको महाधिवेशनमा ८० वटा विद्युतीय भोटिङ मेसिन प्रयोग गरिने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले आफ्नौ ११औँ राष्ट्रिय महाधिवेशनमा

डिजेल र मट्टितेलको मूल्य घट्यो, पेट्रोलको बढ्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको