१२ श्रावण २०८१, शनिबार | July 27, 2024

संसदमा नयाँ रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । संसदमा आफ्नो भूमिका मर्यादित र शसक्त बनाउन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । आइतबार मध्यान्ह १२ बजेका लागि डाकिएको संसदीयदलको बैठकमा एमालेको आगामी भूमिकाबारे रणनीति बनाउने तथा एमाले सांसदहरुको गतिबिधि मर्यादित बनाउने विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमालेका केही सांसदहरुले देर्खाको उद्दन्दताका विषयमा सवत्र आलोचना भएपछि एमालेको शनिबार बसेको स्थायी कमिटीको बैठकले उनीहरुलाई सचेत बनाउने निर्णय गरेको थियो । शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई सचेत गराउने निर्णय भएको भट्टराईले बताए ।

भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध सँगै नाराबाजी गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेमाथि सत्तापक्षबाट बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको नेता भट्टराईको भनाइ छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने बताईएको छ ।

आज मध्यान्ह १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बस्नु १ घण्टा अगाडि एमालेले संसदीयदलको बैठक डाकेको हो ।

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ९ : ११ बजे

हिलटन होटलले विदेशी पर्यटक आकर्षित गर्नेछ : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँमा आजदेखि सञ्चालनमा आएको

ब्रिटिस कलेजका एसीसीए विद्यार्थी फेरि विश्व टपरको दर्जामा पर्न सफल

काठमाडौ। द ब्रिटिस कलेजको एसीसीए शैक्षिक कार्यक्रममा अध्ययरत विद्यार्थी स्यान्ड्रा

ग्लोबल आइएमई बैंक र शशिला मोटर्सबिच विद्युतीय सवारी कर्जा प्रवाहसम्बन्धी सम्झौता

काठमाडौ । ग्लोबल आइएमई बैंक लिमिटेड र शशिला मोटर्सबिच सहजरुपमा

काठमाडौँ उपत्यकाका पालिकाहरुमा आइतबार शोक बिदा

काठमाडौं । आइतबार उपत्यकाभित्रका सम्पूर्ण स्थानीय तह र स्थानीय तह

नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सम्झौता

काठमाडौं । नबिल बैंक र एनसेलबीच डिजिटल कारोबार सेवा प्रदान