२० असार २०८३, शनिबार | July 5, 2026

संसदमा नयाँ रणनीति बनाउन एमाले संसदीय दलको बैठक बस्दै



काठमाडौं । संसदमा आफ्नो भूमिका मर्यादित र शसक्त बनाउन भन्दै प्रमुख प्रतिपक्षी नेकपा एमालेले संसदीय दलको बैठक डाकेको छ । आइतबार मध्यान्ह १२ बजेका लागि डाकिएको संसदीयदलको बैठकमा एमालेको आगामी भूमिकाबारे रणनीति बनाउने तथा एमाले सांसदहरुको गतिबिधि मर्यादित बनाउने विषयमा छलफल हुने एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिएका छन् ।

प्रतिनिधिसभा बैठकमा एमालेका केही सांसदहरुले देर्खाको उद्दन्दताका विषयमा सवत्र आलोचना भएपछि एमालेको शनिबार बसेको स्थायी कमिटीको बैठकले उनीहरुलाई सचेत बनाउने निर्णय गरेको थियो । शुक्रबार केही सांसदले सभामुख र अर्थमन्त्रीमाथि आक्रमण प्रयास गर्ने सांसदलाई सचेत गराउने निर्णय भएको भट्टराईले बताए ।

भदौ २३ गतेबाट सुरु भएको संसद अधिवेशनमा एमालेले निरन्तर अवरोध सँगै नाराबाजी गर्दै आएको छ । एमालेले संसद अवरुद्धको रणनीतिलाई केही परिमार्जन गरि यथावत राख्ने स्थायी कमिटीले निर्णय गरेको प्रचार विभाग प्रमुख भट्टराईले बताएका छन् ।

प्रमुख प्रतिपक्षी एमालेमाथि सत्तापक्षबाट बलमिच्याइँ गरेकोले संसदीय दलको बैठकबाट आगामी रणनीति बनाउन लागिएको नेता भट्टराईको भनाइ छ । सभामुख अग्निप्रसाद सापकोटाले एमाले विभाजनको निम्ति खेलेको भूमिका र संसदमा देखाएको व्यवहारको पनि बैठकमा गम्भीर समीक्षा हुने बताईएको छ ।

आज मध्यान्ह १ बजे प्रतिनिधिसभाको बैठक बस्दैछ । बैठक बस्नु १ घण्टा अगाडि एमालेले संसदीयदलको बैठक डाकेको हो ।

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  ९ : ११ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी