५ पुस २०८२, शनिबार | December 20, 2025

एमाले संसदीय दलको बैठक जारी



काठमाडौं । नेकपा एमाले संसदीय दलको बैठक बसिरहेकोछ ।

संसद भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बसिरहेको बैठकमा संसदमा प्रभावकारी भूमिका कसरी खेल्ने भन्नेबारे छलफल भैरहेको छ ।

यही भदौ २३ गतेबाट सुरु भएको संघीय संसदको अधिवेशनको सुरुकै दिनदेखि एमालेले सभामुख अग्निप्रसाद सापकोटाको विरुद्धमा रोष्टम घेराउ र नारावाजी गर्दै आइरहेको छ ।

आफ्नो पार्टी फुटाउन मतियारको भूमिका निर्वाह गरेको भन्दै एमालेका सांसदहरुले सभामुख विरुद्ध चर्का नारावाजी गर्दै आएका छन् ।

सभामुख सापकोटा सत्ताधारी दलको कार्यकर्ता बनेर एमाले विरुद्ध लागेको भन्दै उनले संसद चलाउन नसकेको आरोप एमालेले लगाइरहेको छ । आज पनि एमालेले सदन अवरुद्ध गर्ने जनाएको छ ।

संसदीय दलको बैठकमा संसदभित्र कसरी प्रस्तुत हुने भन्नेमा संसदीय दलका नेता एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीले निर्देशन दिँदैछन् ।
शुक्रबारको बैठकमा एमाले सांसदहरुले प्रधानमन्त्री र गृहमन्त्रीको माइक थुतेर सभामुखलाई प्रहार गर्न प्रयत्न गरेका थिए ।

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  १२ : ११ बजे

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्ने कुलमानको धारणा

काठमाडौं । ऊर्जामन्त्री कुलमान घिसिङले नारायणी नदीबाट तल्लो तटीय क्षेत्रमा

प्रचण्ड भन्छन् – ‘कम्तीमा एक लाख अट्ने खुला मञ्च नहुनु देशकै लज्जा हो’

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

धनुषा । मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

‘जेनजी’ कसैको पेवा हैन, त्यसको नाममा हुने स्टन्ट नगरे हुन्छ : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

केपीलाई ईश्वरको प्रष्ट सन्देशः ‘विभाजन स्वीकार्य छैन, आत्मसमर्पण पनि हुँदैन’

काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीभित्र विभाजन अस्वीकार्य