२१ चैत्र २०८२, शनिबार | April 4, 2026

सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त बुटवल उपमहानगरका सडकभरी माग्ने बालबालिका, माग्दा नदिए अस्लिल गाली गलौज



बुटवल । सडकपेटी र सार्वर्जनिक स्थलहरुमा रहेका सहयोगापेक्षी बृद्धबृद्धा, मनोरोगी, महिला तथा बालबालिकाले सडकमा जीवन बिताउनु नपरोस् भन्ने उद्धेश्यले बुटवल उपमहानगरले २०७६ पुस ५ गते नगरलाई एक औपचारिक कार्यक्रम गरी सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गरिएको थियो । कार्यक्रममा तामझामका साथ बुटवल उपमहानगर भित्र अव कुनै मागेर गुजारा चलाउने, बेसाहारा, अशक्त र अभिभावक बिहिन मानव नभेटिने उदघोष पनि गरिएको थियो । उदघोष गरिएको केहिदिन सम्म् उपमहानगरका हरियो पोषाक लगाएका सुरक्षाकर्मीले बाटोमा माग्दै हिँड्ने, सडकपेटिमा रात बिताउने र अभिभावक बिहिन बालबालिकालाई उद्दार गर्ने र मानवसेवा आश्रम, अनाथ आश्रम र सुधार गृहमा लगेर संरक्षण पनि गर्ने गरेको थियो । तर उपमहानगरको त्यो घोषणा र प्रतिबद्धता धेरै दिन टिक्न सकेन । सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा भएको २ वर्ष नबित्दै बुटवलका हरेक सडकमा मागेर खाने, सडक पेटीमा रातबिताउने र सडकबालबालिका भेट्न सकिन्छ ।

बुटवलको ट्राफिक चोकमा जव रात्री बजार शुरु हुन्छ तव बुटवलको आधुनिकतालाई नै धज्जी उडाउने गरि सडक बालकालिकाहरु रात्री बजारमा आउने ग्राहकको खुट्टा समातेर माग्न थाल्दछन् । ट्राफिक चोक, राजमार्ग चौराहा, बसपार्क आसपासमा माग्नकै लागि बालबालिकाहरुको ठुलो जमघट हुने गरेको छ । तोकेर पैसा माग्ने र नदिए सुन्नै नसकिने फोहोर गाली गर्ने बालबालिकाको ठुलो जमात बुटवलको मुख्य बजार ट्राफिक चोकमा दिनदिनै बढ्दै गएको छ ।

आदर्शनगरमा डेरा गरि बस्ने बसन्त थापा सन्ध्याकालिन ट्राफिक चोकको बजारमा कोल्ड कफि पिउन आएका थिए । आएर कुर्चीमा बस्न नपाउँदै ३ जना सडक बालबालिकाले उनलाई घेरे र भने ‘दाई १० रुपैयाँ दिनुस् ।’ एकजना होईन ३ जना सानासाना बालबालिकाले घेरेर १० रुपैयाँ तोकेरै उनीसंग मागिरहेका थिए । जव उनले तीनै जनालाई ५-५ रुपैयाँ दिए, उनीहरुले लिन मानेनन् । १० रुपैयाँ नै चाहिने जिद्दी गरिरहे । बसन्तले रिसाउँदै दिन ईन्कार मात्र के गरेका थिए । बालबालिकाको मुखबाट तथानाम फोहोर अस्लील गालिगलौज शुरु भयो । ‘कुटौं आफ्नै बेईज्जत हुने डर, नकुटौं अपशब्द सहितको गालि ।’ उनी कफि नै नपिएर त्यहाँबाट हिँडे । थापालाई जस्तै सुख्खानगरका रमेश शर्माले पनि ट्राफिक चौकको नियती नजिकबाट भोगेर फर्केको बताउँछन् । साँझका बेलामा फष्टफुड पनि खाउँ, साथीसङ्गी पनि भेटौं भन्दै ट्राफिक चोक पुगेका शर्माले एसबिआई बैंकको एटीएमबाट पैसा झिकेर निस्कँदै थिए । माग्ने बालबालिकाले घेरिहाले । ‘दाई १० रुपैयाँ दिनुस् ।’ शर्मासँग पनि ती बालबालिकाहरु ताकेरै पैसा माग्दै थिए । रमेशले पैसा दिन मानेनन् । खुद्रा पैसा छैन भन्दै उनी जव अगाडि बढ्न खोजे ती बालबालिकाहरुले शर्मालाई पनि तथानाम गाली गरिरहे ।

बुटवलको ट्राफिक चोकमा जव रात्री बजार शुरु हुन्छ तव बुटवलको आधुनिकतालाई नै धज्जी उडाउने गरि सडक बालकालिकाहरु रात्री बजारमा आउने ग्राहकको खुट्टा समातेर माग्न थाल्दछन् । ट्राफिक चोक, राजमार्ग चौराहा, बसपार्क आसपासमा माग्नकै लागि बालबालिकाहरुको ठुलो जमघट हुने गरेको छ । तोकेर पैसा माग्ने र नदिए सुन्नै नसकिने फोहोर गाली गर्ने बालबालिकाको ठुलो जमात बुटवलको मुख्य बजार ट्राफिक चोकमा दिनदिनै बढ्दै गएको छ ।

दिपनगरका प्रकाश थापाले भने ४ जना बालबालिकालाई कोल्ड कफि खुवाईरहेका थिए । ४ जनालाई कफि दिन कफि पसलेलाई अर्डर मात्र उनले के गरेका थिए, थप ३ जना बालबालिका कफि पिउन तम्तयार भए । उनले तीनलाई पनि कफि खुवाए । कफिको कप लिँदै दाँत देखाएर हाँस्दै बालबालिकाहरु रमाईरहेका थिए । ‘बिचराहरु हात समातेर माग्न आए, मन थाम्न सकिने एक एक गिलास कफि खुवाएर पठाएँ ।’ शर्माले बने ।

ट्राफिक चोकमा एबीआई सहित २-३ वटा एटीएम छन् । साँझपख एटीएममा जो कोही पैसा झिक्न पसेपनि बालबालिकाहरु पैसा झिक्ने व्यक्तिको पछि लागि हाल्दछन् । दिनहुँ ट्राफिक चोक घुम्न जाने स्थानीयबासीलाई मागेर खाने बालबालिकाहरु बानी परिसकेको भएपनि बुटवलमा नयाँ आउने ब्यक्तिहरुमा भने बुटवलको पहिचान माग्ने बालबालिकाको शहरकाे असलीरुप चिनाउन ती बालबालिका काफी छ ।

सडकमा माग्ने ती बालबालिका यती चलाख छन् की, उनीहरुले मिडीयालाई अनुहार देखाउन तयार हुँदैनन् । स्थानीयबासीले बुटवलको बदनाम भएको गुनासो गरेपछि उनीहरुसँग कराकानी गर्न पुगेको खबरकुरा टिमसँग कुरा गर्नु त परैको कुरा फोटो खिच्न पनि मानेनन् । फोटो खिच्न क्यामेरा अगाडि देखिनासाथ उनीहरुले मुख छोप्छन् वा त्यहाँबाट कुलेलम् ठोक्छन् । सडकमा माग्न आउने बालबालिका दुब्ला पातला छैनन् । कपडा मैलो धैलो पनि छैन, तर उनीहरु सडकमा हिँड्ने जो कोहीलाई पनि खुट्टा समात्ने र माग्ने गरेको भेटिन्छन् । बालबालिका प्रयोग गरेर माग्ने उद्योग संचालन गरेका हिन्दी फिल्मका दृष्यहरुजस्तै चोकहरुका दृष्यले बुटवलमा पनि माग्ने उद्योग त संचालनमा छैन ? भन्ने प्रश्न खडा गरिदिएको छ ।

बुटवलका पुराना पत्रकार दामोदर खनाल ट्राफिक चोकका नियमित कफि उपभोक्ता हुन् । बिहानै मर्निङवाक गरेर कफि खान ट्राफिक चोक पुग्दा देखिने दृष्यले खनालको मन चिमोट्ने गरेको छ । बुटवलमा तामझामका साथ गरिएको सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा कार्यक्रम असफल भएको खनालले महशुस गर्छन् ।

फोटो खिच्न क्यामेरा अगाडि देखिनासाथ उनीहरुले मुख छोप्छन् वा त्यहाँबाट कुलेलम् ठोक्छन् । सडकमा माग्न आउने बालबालिका दुब्ला पातला छैनन् । कपडा मैलो धैलो पनि छैन, तर उनीहरु सडकमा हिँड्ने जो कोहीलाई पनि खुट्टा समात्ने र माग्ने गरेको भेटिन्छन् । बालबालिका प्रयोग गरेर माग्ने उद्योग संचालन गरेका हिन्दी फिल्मका दृष्यहरुजस्तै चोकहरुका दृष्यले बुटवलमा पनि माग्ने उद्योग त संचालनमा छैन ? भन्ने प्रश्न खडा गरिदिएको छ ।

बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर घोषणा गर्दा ठुलै उपलब्धी हात लागेको दाबी गर्ने बुटवल उपमहानगरका नगर प्रमुख शिवराज सुबेदी भने बेसहारा नागरिक र सडक बालबालिका सम्बन्धमा सामाजिक संस्थासँग उपमहानगरले सम्झौता गरेको र बुटवललाई सहयोगापेक्षी बेसाहारा सडक मानवमुक्त उपमहानगर बनाउन त्यस्ता संस्थाहरुलाई निरन्तर बजेट उपलब्ध गराईरहेको बताउँछन् । नगर प्रमुख सुबेदीको भनाईबाट त्यस्ता संस्थाहरुले उपमहानगरबाट सोही सिर्सकमा रकम लिएपनि सम्झौता अनुसार काम नगरेको पुष्टि हुन्छ । मानवसेवा आश्रम सहित २ वटा संस्थासँग सहयोगापेक्षी बेसाहारा सडक मानवलाई उद्दार गर्ने र आश्रय दिने विषयमा सम्झौता भएको सुबेदीले बताए ।

बुटवल उपमानगरमा सूचीकृत भएका मात्र १० बढी संस्थाहरु बालकालिका र साहारा बिहिन नागरिकका लागि बुटवलमा क्रियाशिल छन् । बुटवल २ मा एक बृद्दाश्रम, वार्डनम्बर ८ मा मानव सेवा आश्रम, वार्डनम्बर ११ मा अनाथ र नेत्रहिनको आश्रम तथा मंगलापुरमा बालबालिकाको पुनस्र्थाना केन्द्रमा बुटवल उपमहानगर क्षेत्रबाट उद्दार गरिएका मानीसहरुलाई राख्ने गरिएको छ । सिवीन नामक संस्थामा दिघैकालिन आश्रय आवश्यक पर्ने बालबालिकालाई आश्रय दिने गरिएको बुटवल उपमहानगर सामाजीक महाशाखाकी प्रमुख तुलसा अर्याल बताउँछिन् । उनले बुटवलको सडकमा अनाथ र असहाय नभई अभिभावकहरु स्वयंले बालबालिकालाई माग्ने पेशामा लगाएको आशंका गर्दै त्यसको गहिरो अनुसन्धान आवश्यक रहेको बताईन् ।

 

प्रकाशित मिति : २७ भदौ २०७८, आइतबार  २ : ०८ बजे

फेवाताल किनारमा चल्यो डोजर, कर्ण शाक्यको रिसोर्टका संरचना पनि भत्काइए

पोखरा। पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत निर्माण गरिएका अस्थायी संरचनाहरू

कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ

काठमाडौं। कलाकार सागर लम्साल ‘बले’ बलात्कार आरोपमा पक्राउ परेका छन्।

मध्यरातमा प्रहरीको विशेष अपरेशन, गुन्डागर्दीमा संलग्न १७ जना पक्राउ

काठमाडौं । प्रहरीले काठमाडौंका विभिन्न स्थानबाट गुन्डागर्दीमा संलग्न रहेको आरोपमा

उपसभामुखमा श्रम संस्कृति पार्टीको दाबी, महिला उम्मेदवार उठाउने घोषणा

काठमाडौं । श्रम संस्कृति पार्टीले संघीय संसदअन्तर्गत प्रतिनिधिसभाको उपसभामुख पदमा

बैरेनी जग्गा विकास आयोजनामा ८० प्रतिशत भौतिक प्रगति

तनहुँ । व्यवस्थित सहर विकासका लागि तनहुँको व्यास नगरपालिकाले बैरेनीमा