७ बैशाख २०८१, शुक्रबार | April 19, 2024

प्रधानमन्त्री देउवा भन्छन् – अवरुद्ध संसद कहिले खुल्छ ओलीलाई सोध्नुहोस



काठमाडौं । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले अवरुद्ध संसद कहिले खुल्छ भन्ने जानकारी एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भएको बताएका छन् ।

संसद बैठक स्थगित भएपछि संसदभवनबाट बाहिरिँदै गरेका प्रधानमन्त्री देउवाले संचारकर्मीलाई अवरुद्ध संसद खुल्ने जानकारी ओलीलाई थाहा भएको बताएका हुन् ।

सञ्चारकर्मीहरुले ‘प्रधानमन्त्रीज्यू, यसरी कति दिन संसद चलाउन हुन्छ ?’ भनि प्रश्न गर्दा देउवाले संक्षेपमा जवाफ दिए, ‘ओलीजीलाई सोध्नू’ ।

देउवाले प्रतिनिधिसभा बैठक सूचारु गराउने जिम्मेवारी प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)को भएको बताए ।

प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले सभामुख अग्निप्रसाद सापकोटा आफ्नो पार्टी फुटाउने षडयन्त्रमा प्रत्यक्ष संलग्न भएको भन्दै प्रतिनिधिसभा बैठक पनि चल्न दिएको छैन । एमालेले माधवकुमार नेपालसहित १४ जना आफ्नो पार्टीले निष्काशन गरेका सांसदलाई संसद बैठकमा भाग लिन लगाएसम्म प्रतिनिधिसभा बैठक चल्न नदिने अडान लिँदै आएको छ ।

आइतबारको बैठक पनि अवरुद्ध भएपछि प्रतिनिधिसभाको अर्को बैठक आगामी भदौं २९ गते मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको छ ।

प्रकाशित मिति : २७ भाद्र २०७८, आइतबार  ४ : ४६ बजे

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल

अस्ट्रेलियामा पुरुष हिंसाको सङ्कट छ- महान्यायाधिवक्ता

क्यानबेरा । अस्ट्रेलियाका महान्यायाधिवक्ता मार्क ड्रेफसलले मुलुक पुरुष हिंसाको सङ्कटमा