१० भदौ २०८३, बुधबार | August 26, 2026

प्रधानमन्त्रीलाई भेटे सभामुख अर्यालले



काठमाडौं । सभामुख डोलप्रसाद अर्याल प्रधानमन्त्रीलाई भेट्न सिंहदरबार पुगेका छन् । प्रतिपक्षी दलहरूले प्रधानमन्त्री वालेन्द्र शाहको उपस्थितिको माग गर्दै प्रतिनिधिसभा बैठक पटक–पटक अवरुद्ध गरेपछि सभामुख अर्याल शाहलाई भेट्न पुगेका हुन् ।

प्रतिनिधिसभाको बिहीबारको बैठकमा विपक्षी दलहरूले प्रधानमन्त्री संसद्मा उपस्थित नभएको विषय उठाउँदै अवरोध गरेपछि सभामुख अर्यालले बैठक १५ मिनेटका लागि स्थगित गरेका थिए । त्यसलगत्तै उनी प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय पुगेका हुन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री शाह र सभामुख अर्यालबीच करिब आधा घन्टा छलफल भएको थियो । सभामुखको सचिवालयका अनुसार भेटवार्तामा समसामयिक राजनीतिक परिस्थिति तथा संसद्को अवस्थाबारे छलफल भएको थियो ।

यद्यपि संसद्मा प्रधानमन्त्री उपस्थित हुने विषयमा कुनै ठोस समझदारी बनेको जानकारी भने सार्वजनिक गरिएको छैन ।

प्रधानमन्त्रीसँगको भेटपछि सभामुख अर्यालले राजनीतिक दलहरूसँग थप छलफल गर्ने तयारी गरेका छन् । विपक्षी दलहरूले प्रधानमन्त्रीको अनुपस्थितिलाई लिएर लगातार प्रश्न उठाउँदै संसद् बैठक प्रभावहीन बन्दै गएको बताएका छन् ।

प्रकाशित मिति : ७ जेष्ठ २०८३, बिहिबार  ४ : १६ बजे

पश्चिमी नाकाबाट नेपाल भित्रिने विदेशी पर्यटक बढे

कञ्चनपुर । कञ्चनपुरको पश्चिमी नाका गड्डाचौकीबाट नेपाल भित्रिने विदेशी पर्यटकको

प्रधानमन्त्री शाहले आज संसद्मा सांसदका प्रश्नको जवाफ दिँदै

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले आज प्रतिनिधिसभाको बैठकमा सांसदहरूले सोधेका

इस्लाम धर्मका अन्तिम पैगम्बर मोहम्मदको जन्म जयन्ती मनाइँदै

काठमाडौं । इस्लाम धर्मावलम्बीका अन्तिम पैगम्बर हजरत मोहम्मद सलल्लाहो (रसुल)

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एकदुई स्थानमा हल्का वर्षा

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ ।

विद्युत् चुहावटबाट आगलागी हुँदा ओखलढुङ्गामा दुई घर जलेर नष्ट

ओखलढुङ्गा । यहाँको सिद्धिचरण नगरपालिका-४ चार्खुमा मङ्गलबार साँझ विद्युत् चुहावट