१२ श्रावण २०८३, मंगलबार | July 28, 2026

भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने



चितवनको भरतपुर अस्पतालमा बहिरङ्ग सेवाको समय बढाइने भएको छ । आगामी असोज एक गतेदेखि अस्पतालले बिहान ९ बजेदेखि नै बहिरङ्ग सेवा सुरु गर्न लागेको हो ।

यसअघि अस्पतालले बहिरङ्ग सेवा बिहान १० बजेदेखि तीन बजेसम्म दिँदै आएको थियो । “अब बिहान एक घण्टा सेवा थप गर्न लागेका छौँ”, अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट प्राडा कृष्ण पौडेलले जानकारी दिए । बिहान ८ बजेदेखि ११ बजेसम्म काटिँदै आएको टिकट अब दिउँसो १२ बजेसम्म काटिने भएको छ ।

बहिरङ्ग सेवामा बिहान एक घण्टा र टिकट काउण्टरमा दिउँसो एक घण्टा थप गर्न लागिएको पौडेलले बताए । अस्पतालमा बिरामीको चाप अत्यधिक बढेकाले बहिरङ्ग सेवाको समय बढाइएको उनको भनाइ छ । सङ्घीय अस्पताल भरतपुरमा ६०० श्यया छन् । चितवनसहित १९ भन्दा बढी जिल्लाबाट बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । एकै दिनमा दुई हजार जनाले बहिरङ्ग सेवा लिएको तथ्याङ्क छ ।

अस्पताल विकास समितिका अध्यक्ष डा भोजराज अधिकारीले लामो समय पालो कुर्नुपर्ने अवस्थालाई व्यवस्थापन गर्ने विषयमा अध्ययन भइरहेको बताए । उनले भन्नुभयो, “बिरामीको चाप बढ्दा सेवाग्राहीले घण्टौँं कुर्नुपर्ने समस्या छ ।” यसबाट कोरोना सङ्क्रमण फैलिनसक्ने जोखिम कम हुने अधिकारीले बताए । अस्पतालमा निजी सामाजिक सङ्घ संस्थाको सहयोगमा हरेक सोमबार सरसफाइ गरिँदै आएको छ ।

प्रकाशित मिति : २८ भदौ २०७८, सोमबार  १२ : ४१ बजे

सुनसरी घटनापछि विराटनगरका केही विद्यालय आज बन्द

काठमाडौं । सुनसरीको देवानगञ्ज-३ कप्तानगन्जमा भएको घटनापछि उत्पन्न हुन सक्ने

सर्पदंशको बढ्दो सन्त्रास

काठमाडौं । अहिले मनसुनको समय । किसानहरुको अधिकांश समय खेतबारीमै

नेप्सेको प्रमुख कार्यकारी अधिकृतका लागि खुला आवेदन आह्वान

काठमाडौं । अर्थ मन्त्रालयले नेपाल स्टक एक्सचेन्ज (नेप्से) को प्रमुख

पहिरोले नारायणगढ-मुग्लिन सडक अवरुद्ध, खुलाउने प्रयास जारी

चितवन । नारायणगढ-मुग्लिन सडकखण्डको मुग्लिन नजिकै पहिरो खस्दा यातायात आवागमन

चितवनका चार उद्योगविरुद्ध पाँच मुद्दा दर्ता

चितवन । न्यूनस्तरको खाद्य पदार्थ बिक्री गरेका अभियोगमा यहाँका चार