२ पुस २०८२, बुधबार | December 18, 2025

देश बजेट होलिडेमा प्रवेश गर्दै, प्रधानमन्त्री देउवा भन्छन् – हिजो जसरी चलेको थियो त्यसैगरी चल्छ



विनियोजन विधेयक स्वीकृत भएपनि बजेट पारित हुन भने बाँकी छ । भदौ ३० गतेभित्र बजेट पारित नभएका कारण असोज १ गतेदेखि केही दिन बजेट होलिडे हुने पक्का भएको छ । बजेट होलिडे हुँदा सरकारले दैनिक खर्च चलाउन समेत पाउँदैन ।

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले बजेट पारित नभएकै कारण सरकारी खर्च गर्न नरोकिने बताएका छन् ।

एमालेको अवरोधका बीच प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयक स्वीकृत भए पनि पारित हुन बाँकी रहेका कारण असोज १ गतेदेखि बजेट होलिडे हुँदैछ । बजेट होलिडे हुँदा सरकाले नियमानुसार दैनिक खर्च चलाउन समेत पाउँदैन ।

तर प्रधानमन्त्री देउवाले भने सरकारी खर्चको लागि समस्या नहुने बताएका हुन् । संसद् भवनबाट बाहिरिँदै गर्दा सञ्चारकर्मीहरुले सोधेको प्रश्नमा संक्षिप्त प्रतिक्रिया व्यक्त गर्दै प्रधानमन्त्री देउवाले भने, ुहिजो जसरी खर्च चल्यो त्यसरी नै चल्छ ।’

तर अर्थमन्त्री जनार्दन शर्माले भने पाँच सात दिन सरकारी खर्च रोकिन सक्ने बताएका छन् । बजेट प्रतिस्थापन विधेयक पारित नहुँदा पाँच सात दिन खर्च रोकिन सक्ने बताउँदै अर्थमन्त्र शर्माले त्यसले खासै फरक नपार्ने बताए । शर्माले भने, ‘सहमति भए सहमतिअनुसार पारित गर्छौं । सहमति नभए नियमित प्रक्रिया पूरा गर्छौं । पारित गर्नका लागि केही समय ग्याप रह्यो भने केही समय खर्च गर्न नसक्ने पनि हुन सक्छ । वार्ता संवादबाट कोसिस चलिरहेको छ । कर उठाउने विशेष व्यवस्था छ । त्यसैअनुसार कर उठ्छ ।’

 

 

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ३ : ०२ बजे

वर्तमान राजनीतिक सङ्कटको निकास चुनावबाट मात्र सम्भवः संयोजक प्रचण्ड

धनुषा । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

एमाले ११ औं महाधिवेशन : १२ बजे सम्ममा मतदान स्थल पुगे मतदान गर्न पाईने

काठमाडौँ । नेकपा (एमाले) को ११ औं महाधिवेशन अन्तर्गतको निर्वाचनका

जेनजी आन्दोलन : भौतिक र अन्य क्षतिको पाँच अर्ब बढी दाबी भुक्तानी

काठमाडौँ । जेनजी आन्दोलनका क्रममा भएका भौतिक तथा अन्य क्षतिको

कतार उडे खगेन्द्रप्रसाद र रुद्रकली

लुम्बिनी । नेपाल सरकारले कतार सरकारलाई उपहारका रूपमा दिएका दुई

नबिल बैंकद्वारा अविमोच्य असञ्चिति अग्राधिकार शेयर बाँडफाँट

काठमाडौँ । नबिल बैंक लिमिटेडले पाँच अर्ब रुपैयाँ बराबरको ‘नबिल