११ बैशाख २०८१, मंगलबार | April 23, 2024

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीच जारी दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले घरेलु राष्ट्र ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

आयोजक राष्ट्र ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले राम्रो प्रदर्शन भने गर्न सकेन । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिन पुगे ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रनको योगदान दिएका थिए । अमेरिकाविरुद्धको पहिलो खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका नेपाली ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आज भने डक आउट भएका थिए ।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए । त्यस्तै नेस्टर धाम्बाले २ विकेट लिंदा मोहम्मद नदीमले १ विकेट लिएका थिए ।

नेपालका लागि खेलको अन्त्य तिर अलराउन्डर करण केसीले केहि महत्वपुर्ण रन जोड्न सफल भएका थिए । उनले २१ रनको योगदान दिँदा नेपालले १९६ रनको योगफल तयार गर्न सफल भएको हो ।

प्रकाशित मिति : २९ भाद्र २०७८, मंगलबार  ८ : ०५ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम