१३ असार २०८३, शनिबार | June 27, 2026

आइसिसी विश्वकप क्रिकेट लिग-२ : नेपालद्वारा ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत



काठमाडौं । आईसीसी विश्वकप क्रिकेट लिग-२ अन्तर्गत नेपाल र ओमानबीच जारी दोस्रो अन्तराष्ट्रिय एकदिवसीय खेलमा नेपालले घरेलु राष्ट्र ओमानलाई १९७ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ ।

आयोजक राष्ट्र ओमानको राजधानी मस्कटस्थित अल अमेरट क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेको नेपालले राम्रो प्रदर्शन भने गर्न सकेन । नेपालका लागि ओपनर आशिफ शेखले सर्वाधिक ९० रनको योगदान दिँदा अन्य ब्याट्सम्यान सस्तोमै समेटिन पुगे ।

नेपालका लागि कप्तान ज्ञानेन्द्र मल्लले २१ रन बनाउँदा रोहित पौडेलले २० रनको योगदान दिएका थिए । अमेरिकाविरुद्धको पहिलो खेलमा ‘म्यान अफ दि म्याच’ घोषित भएका नेपाली ओपनिङ ब्याट्सम्यान कुशल भुर्तेल आज भने डक आउट भएका थिए ।

ओमानका लागि तिब्र गतिका बलर बिलाल खानले सर्वाधिक ४ विकेट लिन सफल भएका थिए । त्यस्तै नेस्टर धाम्बाले २ विकेट लिंदा मोहम्मद नदीमले १ विकेट लिएका थिए ।

नेपालका लागि खेलको अन्त्य तिर अलराउन्डर करण केसीले केहि महत्वपुर्ण रन जोड्न सफल भएका थिए । उनले २१ रनको योगदान दिँदा नेपालले १९६ रनको योगफल तयार गर्न सफल भएको हो ।

प्रकाशित मिति : २९ भदौ २०७८, मंगलबार  ८ : ०५ बजे

‘फोर्स जीप’ दुर्घटनामा आठ जना घाइते

रुकुम पश्चिम । रुकुम पश्चिमको त्रिवेणी गाउँपालिका-६ डाँगीमोडस्थित राप्ती राजमार्गमा

इराकमाथि ५-० को फराकिलो जित, सेनेगलको नकआउट सम्भावना जीवित

काठमाडौं । फिफा विश्वकप फुटबल २०२६ अन्तर्गत समूह ‘आई’ को

कारको ठक्करबाट दुई बालबालिकाको मृत्यु

तनहुँ । पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-२ मार्कीचोकमा कारको ठक्करबाट दुई

एन्फाका पूर्वअध्यक्ष शेर्पा पक्राउ

काठमाडौं । नेपाल प्रहरीले अखिल नेपाल फुटबल सङ्घ (एन्फा)का पूर्वअध्यक्ष

फिफा विश्वकप : नर्वेलाई हराउदै फ्रान्स समूह आइको विजेता

काठमाडौं । उसमान डेम्बेको ह्याट्रिकमा फ्रान्सले नर्वेलाई पराजित गर्दै फिफा