७ बैशाख २०८१, शुक्रबार | April 20, 2024

निमोनियाका कारण रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु



बुटवल । नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समितिका सदस्य रुपन्देहीका पत्रकार बिन्दुकुमार चौहानको मृत्यु भएको छ ।

युनिभर्सल कलेज अफ मेडिकल साइन्स (युसिएमएस)भैरहवामा निमोनियाको उपचार गराइरहेका ४५ वर्षीय चौहानको गएराति साढे १२ बजे उपचारका क्रममा मृत्यु भएको पत्रकार महासंघ रुपन्देही अध्यक्ष रामराज पोख्रेलले जानकारी दिए ।

लुम्बिनी क्षेत्रमा रहेर पत्रकारिता गरिरहेका चौहान तीन दिनअघि निमोनिया देखिएपछि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा भर्ना गरिएकोमा अवस्था गम्भीर भएसँगै मेडिकल कलेजमा भर्ना गरिएको पोख्रेलले जानकारी दिए ।

चौहान नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्वकार्यसमिति सदस्य हुन् । दुई दशकदेखि रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिकामा रहेर पत्रकारिता गर्दै आएका चौहानका श्रीमती, चार छोरा र तीन छोरी रहेका छन् ।

चौहानको निधनप्रति नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेश समिति र रुपन्देही शाखाले दुस्ख व्यक्त गरेका छन् ।

 

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ८ : १८ बजे

कार्यकक्षमा नभेटिने कर्मचारीलाई कारवाही गर्ने स्वास्थ्य मन्त्रालयको चेतावनी

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कार्यालय समयमा आफ्नो कार्यकक्षमा

इलाममा करेन्ट लागेर एक जनाको मृत्यु

इलाम । इलाममा करेन्ट लागेर एक जनाको मृत्यू भएको छ

धरौटी बुझाउन नसकेपछि दिपेश पुन जेल चलान

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा पक्राउ परेका दिपेश पुन

काठमाडौं महानगरमा ३३ जनाको निःशुल्क उपचार, कसरी लिने सेवा ?

काठमाडौं । २ जना वेवारिसे र ३१ जना विपन्न गरी

अंग्रेज हराएको खुशीयालीमा बुटवलमा मनाइयो जितगढी विजय उत्सव (फोटो फिचरसहित)

बुटवल । नेपाल-अंग्रेज (इष्ट इण्डिया कम्पनी) सँगको युद्धमा जित हासिल