११ बैशाख २०८१, मंगलबार | April 23, 2024

एमाले विभाजनको प्रयासलाई विफल बनाएर छाडिने : विष्णु पौडेल



बुटवल । नेकपा एमालेका उप–महासचिव विष्णु पौडेलले एमालेलाई विभाजित गर्ने प्रयास गरे पनि यसलाई आफूहरुले सफल हुन नदिने बताएका छन् । विगतमा पनि एमाले विभाजन गर्ने प्रयास असफल भएको बताउँदै उपमहासचिव पौडेलले विभाजनका कुनै पनि प्रयासहरु रुपन्देहीमा काम नलाग्ने दाबी गरे ।

नेकपा एमाले जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको अगुवा कार्यकता भेलालाई सम्बोधन गर्दै उपमहासचिव पौडेलले नेकपा एमाले विभाजित नभई केही स्वार्थी र महत्वकांक्षी तत्वहरु छुट्टिएको बताए । केही समय पार्टी भित्र स्वार्थकेन्द्रित लडाई भएको उल्लेख गर्दै उनले माधवकुमार नेपालले आफ्नै पार्टीको सरकारलाई ढालेर नेपाली काँग्रेसको नेतृत्वमा सरकार बनाउन आत्मघाति काम गरेको आरोप लगाए । नेकपा (एकीकृत समाजवादी) का बारेमा धेरै टिप्पणी र चिन्ता गर्नु नपर्ने उल्लेख गरे सो पार्टीमा केही झुण्डहरु लागेको भने स्विकार गरे ।

एक्लै चुनाव लड्ने क्षमता प्रचण्ड माधव र कांग्रेसमा नरहेको भन्दै उनले सबै मिलेर बनेको गठबन्धनलाई परास्त गरिने र माधव नेपालको पार्टीले एक सिट जित्नु त परै जावस्, कुनै एक क्षेत्रमा जमानत पनि जोगाउन नसक्ने दावी गरे ।

नेता पौडेलले केही महिनाका लागि नेकपा एमाले प्रतिपक्षमा भए पनि छिट्टै बहुमतका साथ फेरी सरकारमा जाने बताए । नेपाली काँग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले २ महिनासम्म पनि मन्त्रिपरिषद विस्तार गर्न नसकेको भन्दै देउवा सरकारलाई तालातुली सरकारको संज्ञा दिए ।

वर्तमान सरकारले आलोचनात्मक कदम बाहेक केही गर्न नसकेको टिप्पणी गर्दै उनले देउवा नेतृत्वको सरकार जनताप्रति जिम्मेवार नभएको उल्लेख गरे ।

प्रकाशित मिति : ३० भाद्र २०७८, बुधबार  ४ : ०६ बजे

विपिन जोशीको रिहाईको पहल गरिदिन राष्ट्रपति पौडेलको कतारी अमिरलाई आग्रह

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इजरायलमा हमासको आक्रमणपश्चात् बेपत्ता भएका

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान