११ बैशाख २०८१, मंगलबार | April 23, 2024

प्रजातान्त्रिक पार्टीमा न्यायको खोजी, प्रतिनिधिमा पत्रकारको वर्चश्व



बुटवल । नेपाली कांग्रेस पार्टीको १४ औ महाधिवेसनमा अन्तरगत वडास्तरमा क्षेत्रिय प्रतिनिधि छनौट भएको छ । प्रजातान्त्रिक दलका रुपमा परिचय बनाएको काग्रेसभित्र समुह (गुट)राजनीतिका कारण वडा अधिवेशनहरु बिबाद रहित भने हुन सकेन । कतिपय स्थानमा भएको अलोकतान्त्रिक अभ्यासका कारण काँग्रेस भित्रकै अर्को समूहले अधिवेशनका नतिजा स्विकार नगरेको दृष्यहरु पनि देखिएका छन् ।

बिबाद रहेको केही जिल्ला बाहेक देशका अधिकाशमा सम्पन्न भएको महाधिवेसनबाट जित्नेहरुमा उत्साह भने जागेको छ । तर योसंगै कतिपय स्थानमा प्रजातान्त्रिक पद्दतीको धज्जिया उडाउने गरि भएको प्रक्रियाकै कारण पार्टी प्रति पार्टी कार्यकर्ताको बिश्वासमा आघात पुगेको छ । पार्टीको नेतृत्वमा जान गेट पासका रुपमा यो अधिवेसन धेरैका लागि आर्कषणको केन्द्र बन्न पुग्यो । वडास्तरबाट छनौट भएर क्षेत्रिय प्रतिनिधि बन्ने एउटा महत्वपूर्ण प्रक्रियामा उत्साहपूर्ण सहभागीता देखियो । कतिपय स्थानमा दबाब, प्रभावमात्र नभई यो पटकको महाधिवेसन निक्कै ऐतिहासिक बन्न पुगेको पनि देखिएको छ ।

काँग्रेस भित्रको लोकतान्त्रिक अभ्यासले सधैभरि एउटै समुह, जाति र पुस्ताको घेरामा रहेको नेतृत्वबाट कतिपय स्थानमा मुक्त पनि हुन सकेको छ । जुन अभ्यासलाई सकारात्मक मान्न सकिन्छ । रुपन्देहीका अधिकाश वडामा युवा वर्ग क्षेत्रिय प्रतिनिधि छनौट भएका छन । पक्कै पनि यसले पार्टीलाई नया उचाईमा लग्न सहयोग मिल्ने देखिन्छ । योसंगै केही स्थानमा भने अझै पनि बिबाद यथावत रहेको छ । रुपन्देहीकै सबैभन्दा जनसंख्या ठुलो रहेको बुटवल उपमहानगरपालिकाका अधिकाश क्षेत्रमा सर्वसम्मत परिणाम आयो । बुटवलमा एउटा पार्टी भित्रकै अधिवेसनले पार्टीको मुल मर्म सहमती, सहकार्य र सहअस्तित्वलाई अवलम्बन गरेको पनि देखियो । संसदीय निर्वाचन र स्थानीय तहमो निर्वाचनमा पार्टी भित्रको अन्तरघातको कारण पराजय भोग्नु परेको समिक्षा गरेको काँग्रेसले बुटवलका वडाहरुमा सर्वसम्मत गरेर विगतबाट पाठ सिकेको पनि अनुमान गर्न सकिन्छ । सर्वसम्मतको अभ्यासमा सहमती नभएपछि वडा नं. ८, १२ मा अन्तिम चरणमा निर्वाचनबाट नेतृत्व चयन भएको छ भने तिलोत्तमा वडा नं. ६ पार्टी भित्रको आन्तरिक बिबाद चुलिदै गएको छ । स्थानिय एक जना क्रियाशिल सदस्यलाई क्षेत्रिय प्रतिनिधिमा उठ्न जबर्जस्ती रोक्न खोजिएको भन्दै उनले पत्रकार सम्मेलन नै गरेर बिवाद छताछुल्ल पारिदिएका छन् ।

नेपाली काग्रेस पार्टीको मुल मर्म सहमती, सहकार्य र एकताको भावना विपरित आफुलाई उम्मेदबार उठ्न समेत नदिएको स्थानीय काँग्रेसका सक्रिय सदस्य लक्ष्मण गौतमको दुखेसो छ । पार्टीको हितमा अग्रसर रहेर अघि बढ्दा समेत एउटा समुह आफनो बिरुद्ध लागेको उनको दुखेसो छ । बैदेशिक रोजगारको क्रममा लामोसमय बिदेश बसेर फर्किएका उनि तिलोत्तमा क्षेत्रमा सामाजिक कार्यमा राम्रो पहिचान बनाएका कार्यकर्ता हुन् । योजनाबद्ध रुपमा निर्वाचन समिति र नया नेतृत्व निर्वाचन रोक्ने गरि कार्य गरेको उनको आरोप छ । ‘प्रजातान्त्रिक पद्यती अवलम्बन गर्ने पार्टी निर्वाचन गराउन किन डरायो ?’– उनी प्रश्न गर्छन । सक्षम र योजना भएका नेता वडास्तरबाट हटाउने र गुठको राजनीति चलाउन समुह हाबी देखिएको उनको आरोप छ । ‘म न्यायको खोजीमा छु ।’– उनले भने ।

यता बुटवलको एक वडामा क्षेत्रिय प्रतिनिधिको विषयमा भएको छलफलको क्रममा कुटपिट नै भएको एक काग्रेस कार्यकर्ताले बताए । समयसापेक्ष पार्टीमा नया नेतृत्वमा युवा ल्याउन चाहना अहिलेको महाधिवेसनमा पनि नदेखिएको उनको तर्क छ । माथिको निर्देशनमा वडामा छनौट गर्ने पद्दती गलत भएको उनि बताउछन । बुटवलकै एक वडामा क्षेत्रिय प्रतिनिधिका आकाक्षीले माइक खोसेर धम्की नै दिएर टिकट पाउन सफल भए । माईक तोडफोड नै गरेर बिबाद गरेपछि सहमतीमा आएर क्षेत्रिय प्रतिनिधि दिन तयार भएका बताईएको छ ।

उता नगर प्रमुख हिरा केसीले प्रतिनिधि छनौटमा एकलौटी गरेको भन्दै पत्रकार समेत रहेका केशव पराजुलीले पार्टीबाटै राजीनामा दिएका छन् । स्थानीय सत्ताको दुरुपयोग गर्दै केसीले पार्टीमा एकलौटी गरेको पराजुलीको आरोप छ ।

नेपाली काग्रेसमा जुन आर्दश, नीति र भावनामा पहिले चल्ने गरेको थियो अहिले त्यो नरहेको केहीको तर्क छ । हरेक पार्टीमा झै नेपाली काग्रेसमा पनि ३ एम हाबी भएको उनी बताउछन । बुटवलकै एक वडामा अर्को पार्टीबाट ठुलो समुहमा क्रियाशिल सदस्यसहित पार्टी प्रवेश गराएका ब्यक्तिलाई वडा सभापति दिने कि नदिने बिषयमा लामो बिबाद अन्तमा सहमति गर्दै टुङ्गिएको थियो ।

काँग्रेस महाधिवेशनमा प्रतिनिधि छनौटमा पार्टी जीवनका सक्रिय कार्यकर्तालाई भन्दा पार्टीको सदस्यता त्यागेर पत्रकार महासंघको सदस्य बन्न मञ्जुर गर्दैै सपथ खाएका महासंघका पदाधिकारी र सदस्यहरु काँग्रेसका वडा, क्षेत्र र स्थानीय पदाधिकारीमा निर्वाचित भईरहेका छन् । नेपाल पत्रकार महासघको केन्द्र, प्रदेश र जिल्लास्तरमा रहेका धेरै पत्रकारहरु समेत महासंघको बिधान विपरित पार्टीको क्षेत्रिय प्रतिनिधि बनेको र पत्रकारहरुबाटै बधाईका ओईरो लागेका खबरहरु सामाजिक सञ्चालमा देख्न पाईएको छ । महासंघका केन्द्रीय सदस्य भवानी प्रसाद पाण्डे, लुम्बिनी प्रदेश सदस्य प्रेम नारायण आचार्य, महासंघ रुपन्देहीको कार्यसमिति सदस्य कमला पाण्डे, महासंघका साधारण सदस्य महेन्द्र थापा लगायतका पत्रकारहरु काँग्रेसको अधिवेशनका लागि प्रतिनिधि छनौटमा परेका छन् । काँग्रेसको अधिवेशनको प्रतिनिधि बन्नकै लागि क्षेत्रिय बंशका महेन्द्र थापा आदीबासी जनजाती कोटाबाट क्षेत्रिय प्रतिनिधिमा छनौट समेत भएका छन ।

 

प्रकाशित मिति : ३१ भाद्र २०७८, बिहिबार  ३ : ४७ बजे

गगन थापा भन्छन्- लोकतन्त्रको विकल्प समुन्नत लोकतन्त्र नै हो

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले लोकतन्त्र दिवसको शुभकामना

बुटवलमा ३ दिने भलिबल प्रतियोगिता शुरु

बुटवल । बुटवलमा आजदेखि तिन दिने भलिबल प्रतियोगिता शुरु भएको

राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीद्वारा रक्तदान कार्यक्रम सम्पन्न

बुटवल । राष्ट्रिय युवा संघ नेपाल, रुपन्देहीको आयोजनामा बुटवलमा रक्तदान

कतारका अमिर शीतल निवासमा, राष्ट्रपति पौडेलसँग भेटवार्ता सुरु

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिर शेख तमिम