२५ बैशाख २०८१, मंगलबार | May 7, 2024

जनगणनामा सोधिँदै भाषादेखि खातासम्म



काठमाडौं । कात्तिक २५ गतेपछि तपाईंको घरमा कोही नयाँ मान्छे आएर ‘तपाईंको बैक खाता छ कि छैन ?’ बैंक तथा वित्तीय संस्थामा ऋण लिनुभएको छ कि छैन ?’ भनेर पनि सोध्न सक्छन्। प्रश्न सोध्ने अरू कोही नभई राष्ट्रिय जनगणनाका खटिएका गणक हुनेछन् । उनीहरूले तपाईंको पुर्खाको भाषा कुन हो ? जागिरको खोजी गर्नुभएको छ छैन ? भन्नेलगायत पनि जिज्ञासा राख्नेछन् ।

संघीयतापछि पहिलो पटक हुन गइरहेको जनगणनामा १२ वटा नयाँ प्रश्न थपिएका छन् । विगत सय वर्षअघि भएका जनगणनामा सोधिएका भन्दा भिन्न प्रश्न हुनेछन् । नेपालमा १९६८ बाट जनगणना सुरु भएको हो। जुन बेला चन्द्रशमशेर प्रधानमन्त्री थिए। प्रत्येक १०र१० वर्षमा जनगणना गरिन्छ ।

अबको जनगणनामा ८० वटा प्रश्नावली छन्। केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेवीललाल श्रेष्ठले संघीयतापछिको पहिलो जनगणना भएकाले १२ नयाँ विषयवस्तु समेटिएको जानकारी दिए । यो जनगणनामा भाषाको विषय प्रमुखताका साथ राखिएको छ ।

उनका अनुसार विगतमा मातृभाषा र दोस्रो भाषाको विषय मात्रै थियो । अब भाषासम्बन्धी ३ प्रश्न छन् । ‘मातृभाषा, दोस्रो भाषा र पुर्खाको भाषा कुन हो ? भन्ने प्रश्नावली छ,’ महानिर्देशक श्रेष्ठले भने, ‘जन्मदर्ता विषयले प्रवेश पाएको छ ।’

हरेक परिवारको बैंक तथा वित्तीय संस्थाका खाता भएर नभएको, प्राविधिक तथा व्यावसायिक शिक्षा लिएर नलिएको सम्बन्धी प्रश्न पनि सोधिनेछ । घर बस्नका लागि हो वा व्यावसायिक प्रयोजनका लागि हो ? भन्ने पनि विवरण संकलन गरिँदैछ । घर पनि सिनेमा हल हो कि ? व्यापारिक कम्प्लेक्स वा उद्योग, कलकारखानाको हो वा बासस्थानका लागि हो ? भन्ने प्रश्नको उत्तर पनि खोजिँदैछ । आजको अन्नपूर्ण पोस्ट दैनिकमा यो समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : २३ बजे

बुटवलको चौराहादेखि चिडियाखोलासम्मको सडक पुनः डिजाईनको लागि कार्यदल गठन

बुटवल । बुटवल बेलहीया ब्यापारीक मार्ग अन्तरगत बुटवलको चौराहादेखि चिडियाखोलासम्मको

‘थोर्गेली गुड’ बजारीकरणको प्रयास

गुल्मी । ‘गुल्मी थोर्गाको गुड’ बजारमा अहिलेको होइन, धेरै पहिलेदेखि

सूर्य नेपालको ‘टोफिचो तड्का इमिली’ बजारमा

काठमाडौं । नेपालकै अग्रणी व्यवसायिक संस्था, सूर्य नेपाल प्रा. लि.

वर्षाले केही घट्यो वायु प्रदूषण

काठमाडौं । मुलुकका विभिन्न स्थानमा हिजोदेखि सुरु भएको वर्षासँगै काठमाडौँ

भारतको झारखण्डका सचिवको घरबाट ३५ करोड भारु बरामद

काठमाडौं । भारतको झारखण्डका ग्रामीण विकास र संसदीय मामिला मन्त्री