२४ भदौ २०८३, बुधबार | September 9, 2026

सुरक्षा निकायमा युवाको आकर्षण



काठमाडौं । राज्यका प्रमुख सुरक्षा निकायहरूमा जागिर खान इच्छुक किशोरकिशोरीको आकर्षण बढेको छ । नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलले रिक्त दरबन्दीका लागि विभिन्न समयमा आह्वान गरेको खुला तथा समावेशी प्रतिस्पर्धाबाट जागिरका लागि आवेदन गर्नेहरूको सङ्ख्या बढ्नुले यसको सङ्केत गर्दछ ।

नेपाल प्रहरीले केही महिनाअघि पाँच हजार २२७ जना प्रहरी जवानको माग गरेको थियो । सो पदका लागि करिब ९५ हजार आवेदन परेको छ । यसअनुसार एउटा पदका लागि १८ जनाबीच प्रतिस्पर्धा भएको देखिन्छ ।

त्यस्तै नेपाली सेनाले पनि यही १८ गतेबाट चार हजार सैन्य ९सिपाहीं० को माग गरेको छ । सैन्यमा भर्ना हुन दरखास्त आवेदन दिन आउनेहरूको सैनिक मुख्यालयलगायत विभिन्न बाहिनी र गणहरूमा किशोरकिशोरीको भीड देखिन्छ । सेनाले खुला तथा समावेशी प्रतिस्पर्धाबाट जनशक्ति आपूर्ति गर्न सैन्य ९सिपाही० देखि प्राविधिक परिचारिक (नर्सिङ) हेल्थ असिस्टेन्ट, मेकानिकल्स र पुजारीलगायत चार हजार ४६१ पदका लागि दरखास्त आह्वान गरेको छ ।

सुरक्षा निकायहरूको तल्लो तहको दर्जा सैन्य, सिपाही तथा जवानका लागि शैक्षिक योग्यता साधारण शिक्षा (८ कक्षा उत्तीर्ण) र १८ देखि २२ वर्ष उमेर तोकिएकाले सो दर्जामा आवेदन दिनेहरूको सङ्ख्या उल्लेख्य हुने गरेको प्रहरी प्रवक्ता वसन्तबहादुर कुँवर बताउछन् ।

यस पटक सेनाले भदौ १८ र ३० गते दुई पटक गरी चार हजार ४६१ जना जनशक्तिको माग गरेको छ । एउटा सैन्य पदका लागि १५ देखि २० जनासम्मको आवेदन पर्ने अनुमान गरिएको छ । राज्यका अन्य सुरक्षा निकायभन्दा सेनाप्रति किशोरकिशोरीको आकर्षण बढेको देखिन्छ । आजको गोरखापत्र दैनिकमा याे समाचार प्रकाशित छ ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ७ : ३५ बजे

प्रादेशिक अस्पतालमा ‘बेड’ पाउनै मुस्किल

दाङ । दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पतालमा उपचारका लागि आउने

जापानिज इन्सेफ्लाइटिसविरुद्ध खोप अभियान सञ्चालन गरिँदै

झापा । झापामा जापानिज इन्सेफ्लाइटिस (जेई) सङ्क्रमण र मृत्युदर बढेपछि

बाढीबाट भएको क्षतिको यथार्थ मूल्याङ्कन गर्न अर्थमन्त्रीको निर्देशन

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले भोटेकोशी बाढीले निम्त्याएको तत्कालीन

मधेस प्रदेशमा गतआवमा ५९१ किमी सडक विस्तार तथा निर्माण

जनकपुरधाम । मधेस प्रदेश सरकारले गत आर्थिक वर्ष २०८२/८३ मा

म्याग्दी नदीमाथि झोलुङ्गे पुल निर्माण : बाँसबोटका किसानलाई केरा बिक्री गर्न सहज

म्याग्दी । म्याग्दीको धवलागिरि गाउँपालिका-७ काउसीबोट र वडा नं ४