२० असार २०८३, शनिबार | July 5, 2026

कम्युनिष्ट सिद्धान्तबाट च्यूट भएपछि एमाले अध्यक्ष केपी ओली धर्मको आडमा राजनीति गर्न खोजे : नेकपा (एस) नेता डा. विजय पौडेल



बुटवल । नेकपा एकिकृत समाजवादी पार्टीका नेता डा. विजय पौडेलले समाजवादी विचार र कम्युनिष्ट सिद्धान्तबाट च्युट भएपछि एमाले अध्यक्ष केपी ओली धर्मको आडमा राजनीति गर्न अग्रसर भएको बताएका छन् । बुटवलमा सम्पन्न एकिकृत समाजवादी पार्टीको लुम्बिनी प्रदेश कमिटीको बैठकमा बोल्दै डा. पौडेलले कम्युनिष्ट पार्टिका नेता धर्मलाई सम्मान गरेपनि आफै धार्मिक राजनीति गरेर नहिँड्ने बताए ।

उनले अध्यक्ष ओलीले भ्रष्टाचारमा मुछिएका कार्यकर्ताको संरक्षण गर्न आफै अग्रसर भएको आरोप लगाउँदै एउटा कम्युनिष्ट पार्टिको अध्यक्षले कार्यकर्ताले गरेको भ्रष्टाचार छोप्दै हिंड्नु गलत भएको बताए । उनले ओलीलाई रुसी पूर्व राष्ट्रपति मिखायल गोर्भाचोभसँग तुलना गर्दै योजना बनाएर नेपालबाट कम्युनिस्ट शक्ति समाप्त पार्न ओली उद्देत भएको बताए । उनले एमाले विभाजन भएको नभई विद्रोह भएको स्पष्ट पारे । ‘कम्युनिस्ट पार्टी विभाजन भएको होईन, पुनर्गठन भएको हो ।’ उनले भने, -‘कम्युनिस्ट पार्टीको विघटनको विरूद्ध विद्रोह हो ।’

नेता पौडेलले एकिकृत समाजवादीलाई डिजिटल पार्टी बनाउने घोषणा गर्दै सफ्टवेयरबाट सदस्यता वितरण गरिने र कार्यकर्ता तथा सदस्यहरुको अभिलेख पनि सफ्टवेयरबाटै अध्यावधिक गरिने बताए । उनले नेपालमा विद्यमान निर्वाचन प्रणालीले श्रमजिवीहरु चुनावमा जान नसक्ने अवस्था आएको बताउँदै निर्वाचन प्रणालीमा परिवर्तन आवश्यक भएको बताए । ‘वर्तमान निर्वाचन प्रणाली परिवर्तन नगरे सच्चा कम्युनिस्ट कार्यकर्ता चुनाव लड्नै सक्ने छैनन् र नेपालमा कम्युनिष्ट शासन पनि आउने छैन ।’ उनले भने ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  ६ : २२ बजे

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा धेरै भारी वर्षाको सम्भावना

काठमाडौँ । मनसुनी प्रणाली सक्रिय हुँदा आज काठमाडौँलगायत विभिन्न क्षेत्रमा

बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

नेपालगन्ज । बाँकेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा

३६ वर्ष पूरानो वितरण प्रणालीका कारण नेपालगन्जमा विद्युत आपूर्तिमा समस्या : उर्जामन्त्री श्रेष्ठ

नेपालगन्ज । उर्जामन्त्री विराजभक्त श्रेष्ठले धेरै पुरानो संरचनाबाट विद्युत वितरण

चट्याङ लागेर एकको मृत्यु, अन्य दुई घाइते

दाङ । दाङको घोराही उपमहानगरपालिका–९ मछाहीमा धान रोप्ने क्रममा चट्याङ

सरकारका १०० दिन : अर्थतन्त्रलाई गति दिन नीतिगत सुधारको पहल

काठमाडौं । सरकारले मुलुकको अर्थतन्त्रको सुधारका लागि नीतिगत सुधार, कानुनी