२९ चैत्र २०८२, आइतबार | April 13, 2026

भेरी अस्पताल छेकेर सञ्चालनमा रहेका नीजि क्लिनीकहरु आजबाट भत्काउन शुरु



नेपालगन्ज । वर्षौदेखि अस्पतालमै कार्यरत चिकित्सकहरुको उपस्थितीमा अस्पताललाई घेराबन्दी गर्दै निजी क्लिनीक संचालन हुँदै आएका भेरी अस्पताल नेपालगन्ज अगाडि रहेका सटरहरु भत्काउन सुरु गरिएको छ ।

सरकारी अस्पताल परिसरमा अस्पताल फार्मेसीबाहेक कुनैपनि किसिमको औषधिजन्य वस्तुको व्यवसायिक कारोबार गर्न नपाइने नियमका आधारमा अस्पतालले संरचना भत्काउन सुरु गरेको हो ।

अस्पताल अगाडि औषधी पसल तथा अन्य पसल गरेका व्यवसायीहरुले अस्पतालले दिएको समयसीमा भित्र सटर खाली गर्न आलटाल गरेपछि आजबाट अस्पताल प्रशासनले बल प्रयोग गरेर सटर भत्काउन सुरु गरेको हो । भत्काईएका सटरहरु रहेको स्थानमा बाहिरबाट अस्पतालको पुरै संरचना देख्न सकिने किसिमले पूर्वाधान निर्माण गरिने अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर प्रकाश थापाले बताए ।

देशभरका अस्पतालहरुलाई स्वास्थ्य मन्त्रालयले २०६५ सालमा सटरहरु भाडा प्रयोजनमा नदिन परिपत्र गरेपनि भेरी अस्पताल सहित अधिकांस अस्पतालहरुले उक्त परिपत्रको कार्यान्वयन गर्न सकेको थिएन ।

अस्पतालका परिसमा रहेका ३४ वटासटरमा मेडिकल स्टोर, ल्याव, होटल तथा किराना पसल संचालनका लागि अस्पतालले भाडामा लगाएको थियो ।

अस्पतालको स्तर उन्नतीका साथ दुई सय ४० बेडको भवन निर्माणको लागि आवश्यक पहल सुरु भइसकेको अस्पताल विकास समितिका सदस्य कृष्ण प्रसाद श्रेष्ठले बताए ।

प्रकाशित मिति : १ आश्विन २०७८, शुक्रबार  १० : ३१ बजे

आइतबार पनि स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न मन्त्रालयको निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्य संस्था (अस्पताल)लाई आइतबार

भोलिबाट प्रथम खजुरा गोल्डकप फुटबल, खेलाडीहरु खजुरा पुग्दै

खजुरा । ‘एमटी एरिना प्रथम खजुरा गोल्डकप फुटबल प्रतियोगिता–२०८२’ को

गृहमन्त्री गुरुङद्वारा निर्माणाधीन राजमार्गको स्थलगत अवलोकन

बुटवल । गृहमन्त्री सुधन गुरुङले पूर्वपश्चिम राजमार्गअन्तर्गत निर्माणाधीन बुटवल-गैँडाकोट राजमार्गको

प्रधानमन्त्रीसहित मन्त्रीहरुले गरे सम्पत्ति विवरण सार्वजनिक, कस्को कति छ सम्पत्ति ?(सूचीसहित)

काठमाडौं । प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति विवरण सार्वजनिक भएको छ

चर्को आलोचनापछि सरकारले छोड्यो युट्युबर रोशन पोख्रेललाई

काठमाडौं । युट्युबर रोशन पोख्रेल हाजिर जमानीमा रिहा भएका छन्