१९ मंसिर २०८२, शुक्रबार | December 6, 2025

लुम्बिनी क्षेत्रको विकासमा प्रदेश सरकार प्राथमिकताका साथ अगाडि बढ्छ : मुख्यमन्त्री केसी



बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसी ‘सोनाम’ ले प्रदेशभित्रै रहेको लुम्बिनी क्षेत्र र गौतम बुद्ध विश्वकै ऐतिहासिक साँस्कृतिक सम्पत्ति रहेकोले प्रदेश सरकारले गौरवको आयोजनामा राखेर लुम्बिनी क्षेत्रको विकासका लागि प्राथमिकताका साथ अगाडि बढाउने बताएका छन् ।

लुम्बिनी विकास कोषले शनिबार लुम्बिनीममा आयोजना गरेको अन्तरक्रियामा बोल्दै मुख्यमन्त्री केसीले नेपाललाई चिनाउको लागि लुम्बिनी एउटा महत्वपूर्ण सम्पति भएको बताए । उनले प्रदेशको नामाकरण नै लुम्बिनीबाट राखेको प्रदेशकोको लुम्बिनीले पहिचान बोकेको बताउँदै प्रदेश सरकारले लुम्बिनी क्षेत्रमा एउटा सुविधायुक्त बर्थिङ सेन्टर खोल्ने तयारी गरेको जानकारी दिए ।

मुख्यमन्त्रीले केसीले लुम्बिनी प्रदेस सरकारले लुम्बिनीलाई प्रदेशकै साँस्कृतिक शहर निर्माण गर्ने, बुटवललाई औद्योगिक क्षेत्र बनाउने र प्रदेशका आम नागरिकलाई पायक पर्ने राप्ती उपत्यकामा प्रदेशको राजनधानी निर्माण गरेको समेत बताए । उनले लुम्बिनीमा विश्वले देख्न सक्ने अशोक स्तम्भ निर्माण गर्ने, बुद्धका जन्मदेखी मृत्युसम्मको सम्झना झल्किने गरी बुद्ध पार्क निर्माण गर्ने तर्फ सरकारले योजना बनाएको बताए ।

उनले लुम्बिनी क्षेत्रमा पर्यटक आकर्षण गर्नका लागि लुम्बिनी क्षेत्रमा रहेको साँस्कृतिक एवं ऐतिहासिक सम्पितिलाई संरक्षण गर्दै आधुनिक सूचना प्रविधिलाई जोड्न विकास कोषका पदाधिकारीलाई आग्रह गरे । उनले लुम्बिनी क्षेत्रमा गौतम बुद्ध, माया देवी लगायतको बारेमा डिजिटल बोर्ड निर्माण गरी सूचनालाई प्रविधिबाट सबै पर्यटकलाई जानकारी गराउनका विकास कोषलाई आग्रह गरे ।

मुख्य मन्त्री केसीले लुम्बिनी क्षेत्रको उत्तरमा अम्रपाली आपको विरुवा समेत रोपेका छन् ।

कार्यक्रममा बोल्दै प्रदेश सरकारका पर्यटन, ग्रामीण तथा शहरी विकास मन्त्री डिल्ली चौधरीले लुम्बिनी क्षेत्र विश्व सम्पदामा रहेको शान्तिका उर्वर भूमी भएको बताए । उनले लुम्बिनीको समग्र विकासका लागि लुम्बिनी प्रदेश सरकारब सहयोग गर्नका लागि तयार रहेको बताए । विकासका लागि लुम्बिनी विकास कोषसँग प्रदेश सरकार हातेमालो गरेर अगाडि बढ्ने मनत्री चौधरीले प्रतिबद्धता ब्यक्त गरे ।

 

प्रकाशित मिति : २ आश्विन २०७८, शनिबार  १२ : ४४ बजे

निर्वाचन गराउन आयोग तयार छ : कार्यवाहक प्रमुख आयुक्त भण्डारी

काठमाडौँ । निर्वाचन आयोगका कार्यबाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीले आगामी

सर्वदलीय बैठकमा प्रधानमन्त्रीको आग्रह : ‘चुनाव कसरी सफल पार्ने भनेर सोचौँ’

काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले आगामी फागुन २१ गते जसरी

सबै सुरक्षा जाँच पार गरेर नेपालगन्जको गोदाममा पुगेको २० लाख बढीको केराउ प्रहरी नियन्त्रणमा

नेपालगन्ज । बाँकेको नेपालगन्जबाट प्रहरीले अवैध रुपले भण्डारण गरी राखिएको

महाधिवेशन जनशक्तिको ऐक्यबद्धता प्रदर्शन गर्ने अवसर : अध्यक्ष ओली

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले

४० वर्ष मुनिका कांग्रेसी युवाहरुको सुधार अभियानद्वारा ७७ वटै जिल्लामा संयोजक चयन

काठमाडौँ । नेपाली कांग्रेस सुधार अभियान (४० वर्ष मुनि) ले